यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
न्हुछेभक्त फोजू
नेपाल मजदुर किसान पार्टी ४५ औँ वर्षमा प्रवेश भयो । माघ १० गते नेमकिपाको ४५ औँ स्थापना दिवस हो । दर्शन, सिद्धान्त र कार्यक्रमको आधारमा राजनीतिक दल स्थापना र सञ्चालन हुन्छ । पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को नेतृत्वमा वि।सं। २०३१ माघ १० गते माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधाराअनुसार नेपाल मजदुर किसान पार्टी स्थापना भएको हो । अध्यक्ष बिजुक्छेंले ‘नेपालको कम्युनिष्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन’ पुस्तकमा किसान आन्दोलनलाई जोड दिने, सामन्तवादको अन्त्यसँगै राजतन्त्रको निर्मूल गर्ने, संसदीय चुनावको क्रान्तिकारी उपयोग गरी जनताको सेवा गर्ने, भारतीय एकाधिकार पुँजी र विस्तारवादको विरोध गरी देशको सार्वभौमिकता र स्वाधीनताको रक्षा गर्ने, संरा अमेरिकी साम्राज्यवाद र रुसी सामाजिक साम्राज्यवादको विरोधमा सङ्घर्ष गर्ने आदि विषयलाई पार्टी स्थापनाको आधार बनाउनुभएको छ ।
हरेक वर्ष पार्टी स्थापना दिवसलाई पार्टी, जनवर्गीय र पेशागत सङ्गठनहरूले विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाउँदै आएका छन् । यस वर्ष पनि पार्टी समितिहरू, जनवर्गीय र पेशागत सङ्गठनहरूले सभा, प्रवचन, प्रशिक्षण, अन्तरक्रिया, खेलकुद तथा सांस्कृतिकलगायतका कार्यक्रमहरू गरेर मनाइरहेका छन् ।
नेपाल मजदुर किसान पार्टीलाई आजको स्थितिसम्म ल्याई पु¥याउन पार्टीका धेरै नेता कार्यकर्ताहरूले दुःख, कष्ट र हण्डर खानुभयो । धेरै कार्यकर्ताहरूले आफ्नो अमूल्य युवा जीवन पार्टीमा खर्चिनुभयो । कैयौँ कार्यकर्ताहरूले भूमिगत, जेल र प्रवासको कठोर जीवन बिताउनुभयो । पद र पैसाको कुनै लोभ नगरी, व्यक्तिगत सुखलाई कुनै परवाह नगरी समाजमा आमूल परिवर्तन गर्ने एकमात्रै उद्देश्यले पार्टी जीवनलाई सर्वश्व ठान्ने ती क्रान्तिकारी योद्धाहरूलाई हृृदयदेखि सम्मान गर्दछु ।
मानिसले सधैं उत्तिकै योगदान गर्नसक्दैन । पार्टी कार्यकर्ताहरू पनि त्यसबाट अलग हुनसक्दैनन् । पार्टीमा हिजो अति सक्रिय कतिपय हाम्रा कामरेडहरू पारिवारिक कारण, पार्टी अनुशासन पालना गर्न नसकेर वा व्यापार व्यवसायको कारण पार्टी जीवनलाई निरन्तरता दिन नसकेर निष्कृय भएका पनि छन् । पार्टीलाई सङ्कट परेको बेला आफ्नो ज्यानलाई समेत पर्वाह नगरी पार्टी नेतृत्व र सङ्गठनलाई जोगाउन महत्वपूर्ण भूमिका खेल्ने ती कामरेडहरूलाई पनि पार्टी स्थापना दिवसको अवसरमा उच्च सम्मान प्रकट गर्नैपर्छ ।
समाजमा रहेका सबैको व्यक्तिगत जीवन हुन्छ । व्यक्तिगत जीवनभन्दा माथि उठी समाज र देशलाई प्रधान मानेर काम गर्नेहरू थोरै हुन्छन् । तिनै थोरै मानिसहरूले नै समाज परिवर्तनको नेतृत्व गर्छन् । संसारको इतिहास यसरी नै अगाडि बढेको छ । नेपाल मजदुर किसान पार्टीका कतिपय अग्रज नेता कार्यकर्ताहरू तिनै उच्चकोटीका कामरेडहरू हुनुहुन्छ जसले पञ्चायती कालरात्रीबाट नेपाली समाजलाई मुक्त गर्न महत्वपूर्ण भूमिका खेल्नुभयो र कामदार वर्गको ‘स्वर्ग’ समाजवादको नयाँ बिहानी ल्याउन निरन्तर खट्नुभयो । ती नेता र कार्यकर्ताहरू हाम्रा आदर्श हुनुहुन्छ ।
जहाँ जहाँ जनता हुन्छन् त्यहाँ त्यहाँ गएर जनताको सेवा गर्नुपर्छ । पार्टी नेतृत्वले कार्यकर्ताहरूलाई सिकाएको पनि यही हो । पञ्चायती निरङ्कुश व्यवस्थाको बेला पञ्चायती निर्वाचनमा भाग लिएर पञ्चायतकै विरोध गर्नु कम चुनौतीपूर्ण थिएन । प्रतिक्रियावादी सङ्घ–संस्थामा गएर जनताको सेवा गर्ने नीतिअनुसार कैयौँ पार्टी कार्यकर्ताहरूले आफ्नो स्थायी जागिर छोडेर निर्वाचनमा भाग लिनुभयो । गाउँ पञ्चायत, नगर पञ्चायत, जिल्ला पञ्चायत र राष्ट्रिय पञ्चायतसम्म गएर जनताको सेवा गर्ने पार्टी नीतिलाई इमानदारीपूर्वक पालना गर्नुभयो । त्यस क्रममा चुनावमा जितेर व्यक्तिगत फाइदा लिनेहरू पनि नभएका होइनन् । पार्टीलाई धोका दिने, विश्वासघात गर्ने, व्यक्तिगत फाइदाको निम्ति विरोधीसित मिल्ने विश्वासघातीहरूलाई पार्टीले समय–समयमा दूधमा परेको झिङ्गाझैं फालेको इतिहास पनि ताजै छ । नेपालको कम्युनिष्ट आन्दोलनमा प्रतिक्रियावादी सङ्घ–संस्थाभित्र गएर जनताको सेवा गर्ने र क्रान्तिको लागि उपयोग गर्ने नीतिलाई व्यवहारमा लागू गर्ने नेपाल मजदुर किसान पार्टी नै पहिलो पार्टी हो ।
पार्टीको तत्कालीन कार्यक्रम जनताको प्रजातन्त्र हो, जनताको प्रजातन्त्रमा मजदुर–किसानको नेतृत्वमा प्रगतिशील बुद्धिजीवी र राष्ट्रिय पुँजीपति वर्गको प्रतिनिधिसहितको राज्य व्यवस्था हुनेछ । यो राज्य व्यवस्थाले उत्पादनका मुख्य–मुख्य साधन र सेवालाई सामाजिकीकरण गर्नेछ । समाजवाद हुँदै साम्यवादमा पुग्ने पार्टीको दीर्घकालीन उद्देश्य हो । समाजवादी व्यवस्थामा ‘योग्यताअनुसारको काम र कामअनुसारको ज्याला,’ उत्पादनका मुख्य–मुख्य साधन र सेवा पूर्णरुपले सामाजिकीकरण हुनेछ । सारा जनतालाई समाजकै निम्ति समर्पित गर्ने ‘नयाँ मानिस’ को निर्माण नै समाजवादको आदर्श चित्र हो । योग्यताअनुसारको काम र आवश्यकताअनुसार पाउने, मानिसले मानिसलाई शोषण नगर्ने वर्गविहीन र राज्यविहीन, मजदुर र किसानको भेद हट्ने, गाउँ र सहरको भेद हट्ने, शारीरिक र मानसिक श्रमको भेद हट्ने, युद्ध र अशान्ति नहुने सभ्य र सुसंस्कृत समाज नै साम्यवादी समाज हुनेछ ।
नेपाल मजदुर किसान पार्टीले पञ्चायती चुनावलाई उपयोग गरेको बेला पञ्चायतवादी र राजावादीको आरोप खेप्नुप¥यो भने २०४६ सालको आन्दोलनपछि संसदीय चुनावमा भाग लिंदा संसदवादीको आरोप खेप्नुपरेको थियो । समाजवादी क्रान्तिको लागि पुँजीवादी निर्वाचनहरूलाई पनि उपयोग गर्नु आवश्यकमात्रै होइन अपरिहार्य रहेको विश्व कम्युनिष्ट आन्दोलनले दिएको शिक्षा हो । पँुजीवादी निर्वाचनमा भाग लिनुको अर्थ त्यसबाट आर्थिक फाइदा वा सुविधा लिनको लागि होइन, समाजवादी क्रान्तिको वातावरण बनाउन सहयोग पु¥याउनमात्रै हो ।
पञ्चायतभित्र गएर पञ्चायती व्यवस्थाकै विरोेध गर्ने नेपाल मजदुर किसान पार्टीलाई पूर्णतः समाप्त पार्न तत्कालीन पञ्चहरूले २०४५ सालमा राज्यस्तरबाट षड्यन्त्र रचे । ‘भक्तपुर काण्ड’ को नाउँमा चिनिएको त्यस षड्यन्त्रमा नेमकिपाका अध्यक्ष का। रोहितलगायत ६७ जना नेता कार्यकर्ताहरूलाई ज्यान मुद्दामा फसाइयो, सयौंलाई सुरक्षा कानुनअन्तर्गत थुनामा राखियो भने नेमकिपाका हजारौं कार्यकर्तालाई दुःख दिइयो । यसले पञ्चायती व्यवस्थाको अन्त्य हुनुमा ‘भक्तपुर काण्ड’ पनि एउटा कारण बन्यो । २०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा पनि नेमकिपाको महत्वपूर्ण भूमिका रह्यो ।
२०४६ सालपछिका संसदीय निर्वाचनहरूमा भाग लिएर नेमकिपाले संसद्मा देश र जनताको पक्षमा आवाज उठायो । तत्कालीन सरकारहरूले पेश गरेको सांसदहरूलाई पेन्सन दिने विधेयक र भारतीय नागरिकहरूलाई नागरिकता दिने उद्देश्यले ल्याएको नागरिकता विधेयकको नेमकिपाले सशक्त विरोध गरेको थियो । साथै राष्ट्रघाती महाकाली सन्धिको विरोधमा भक्तपुरदेखि काठमाडांैँसम्म विशाल जुलुस प्रदर्शन गरेको थियो । देश र जनताको हितमा उपभोक्ता हित संरक्षण विधेयक, कला संस्कृति संरक्षण विधेयक प्रस्तुत गरेर नेमकिपाले महत्वपूर्ण योगदान ग¥यो ।
प्रतिगमनविरोधी आन्दोलन सशक्त रुपमा अगाडि बढिरहेको बेला एमाले ‘प्रतिगमन आधा सच्चियो’ भनी राजाको सरकारमा सामेल हुनपुग्दा आन्दोलन कमजोर हुन पुगेको थियो । प्रतिगमनको अन्त्य संसद्को पुनःस्थापनाबाट मात्रै हुनसक्छ भनी संसद् पुनःस्थापनाको माग गर्ने पहिलो पार्टी नेमकिपा थियो । आन्दोलन कमजोर हुँदै गएपछि नेमकिपाले २०६२ साल पुस २६ गते भक्तपुरदेखि काठमाडौँसम्म विशाल ¥यालीको आयोजना गरी आन्दोलनलाई ऊर्जा प्रदान गरेको थियो । अन्ततः संसद् पुनःस्थापनासँगै प्रतिगमनको अन्त्य भयो र देशमा गणतन्त्र आयो । प्रतिगमनविरोधी आन्दोलनमा पनि नेपाल मजदुर किसान पार्टीको महत्वपूर्ण भूमिका रह्यो । त्यसबेला नेमकिपाले स्थानीय निकायको पुनःस्थापना गर्न जोडदार माग गरेको थियो । त्यसबारे शासक दलहरूले ध्यान दिएका भए नेपाली जनताले अहिलेको जस्तो दुःख भोग्नुपर्ने थिएनन् ।
सात वर्ष लगाएर जनताका प्रतिनिधिहरूले २०७२ असोज ३ गते संविधान जारी गरे । भारतले आफ्नो अनुकूल नभएको भन्दै असोज ६ गतेदेखि नेपालमा नाकाबन्दी लगायो । त्यसको विरोधमा पार्टी, जनवर्गीय र पेशागत सङ्गठनहरूले प्रदर्शनसहित दूतावासमा पुगेर विरोधपत्र बुझाए । भारतीय नाकाबन्दीकोे विरोधमा संसद्मा छलफल गर्न पाउनुपर्ने माग गर्दै २०७२ पुस १ गते नेमकिपाका सांसदहरूले संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नुभयो । जनताको विरोधले गर्दा अन्ततः नाकाबन्दी फिर्ता गर्न बाध्य भयो ।
समाजवादउन्मुख संविधान निर्माणमा सङ्घर्षरत नेमकिपाले संसद्मा प्रखर प्रतिपक्षको भूमिका निर्वाह गरी देश र जनताको सेवामा समर्पित पार्टीको रुपमा पहिचान स्थापित गरेको छ । त्यसलाई अझ अगाडि बढाउने जिम्मेवारी नयाँ पुस्ताको काँधमा आएको छ । नेमकिपाको ४५ औँ स्थापना दिवसको अवसरमा पार्टीका तमाम कार्यकर्ता तथा शुभचिन्तकहरूलाई हार्दिक बधाई तथा शुभकामना ।
(नेपाल मजदुर किसान पार्टीको ४५ औँ स्थापना दिवसको अवसरमा बिहीबार नेमकिपा भक्तपुर जिल्ला समितिको आयोजनामा भएको प्रवचन कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला अध्यक्ष फोजूको मन्तव्य)
Leave a Reply