भर्खरै :

अनिवार्य अवकाश प्राप्त शिक्षिका कर्माचार्यको बिदाइ

भक्तपुर, १३ माघ । वागीश्वरी माध्यमिक विद्यालयबाट अनिवार्य अवकाश प्राप्त शिक्षिका वसन्तलक्ष्मी कर्माचार्यको सम्मान एवं बिदाइ कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य एवं पूर्वप्राचार्य मोहनप्रसाद प्रजापतिले विद्यालयको कुनै पनि समस्यालाई शिक्षक शिक्षिकाहरूले आपसी छलफलबाट समाधान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
अतिथि प्रजापतिले विद्यालयको प्रगतिको लागि सम्मानित शिक्षिकाले सञ्चय कोषको ९० प्रतिशत ऋण सहयोग गरेको सम्झना गर्नुभयो ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले शिक्षिका वसन्तलक्ष्मी कर्माचार्यको अनुकरणीय गुणहरूलाई नयाँ पुस्ताले आत्मसात गर्दै जानुपर्ने आवश्यकता औंल्याउनुभयो ।
विद्यालयका सहायक प्रअ ज्ञानसागर प्रजापतिले पेशागत हकहित र जनपक्षीय राजनीतिक आन्दोलनमा अगाडि बढ्नुहुने शिक्षिका वसन्तलक्ष्मी कर्माचार्यबाट पाठ सिक्नुपर्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य एवं जननिर्वाचित ९ वडा सदस्य छोरीमैया सुजखूले शिक्षक शिक्षिकाले पठनपाठनसँगै सामाजिक गतिविधिमा पनि लाग्नुपर्छ भन्नुभयो ।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको कार्यक्रममा प्रावि इन्चार्ज कृष्णमान मलेपति, राजन लाखा, शिक्षिका शोभा प्रधानलगायतले बोल्नुभएको थियो ।
प्रमुख अतिथि प्रजापतिले अवकाश प्राप्त शिक्षिकालाई दोसल्ला ओढाइ मायाको चिनो प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *