“सम्पदाको मौलिकता जोगाउनु भावी पुस्ताका लागि इतिहास र पहिचान सुरक्षित गर्नु हो”
- आश्विन २४, २०८३
भक्तपुर, २५ असोज । थालाछेँ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८ औँ वार्षिक साधारणसभा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यमा आइतबार सम्पन्न भयो ।
कार्यक्रममा केन्द्रीय सदस्य गोसाईले समाजका ज्येष्ठ नागरिकहरू इतिहासका धरोहर र समाज विकासका महत्वपूर्ण आधार भएको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकहरूको योगदानको सम्मान गर्नु आवश्यक रहेको उल्लेख गर्दै पुरानो पुस्ताबाट नयाँ पुस्तामा ज्ञान, अनुभव र संस्कार हस्तान्तरण हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भक्तपुरको विकासमा स्थानीय जनताको उल्लेखनीय योगदान रहेको चर्चा गर्दै नगरको विकासका लागि नागरिकहरूको सक्रिय सहभागिता महत्वपूर्ण हुने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखाले भक्तपुर नगरवासीलाई स्वास्थ्य सुविधामा सहजीकरण गर्न ख्वप अस्पतालको स्थापना तथा सञ्चालनसँगै वडा–वडामा स्वास्थ्य चौकी निर्माण गरी सञ्चालन गरिरहेको बताउनुभयो ।
उहाँले नगरवासीलाई सीपयुक्त बनाउन विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गरिरहेको हुँदा सम्पूर्ण नगरवासीले लाभ लिनुपर्ने बताउनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लि.का राजकुमार लघुले सहकारीसम्बन्धी विभिन्न नियम, निर्देशनहरूले सहकारीलाई नियमनभन्दा बढी नियन्त्रण गरिरहेका छन्, जसले सहकारीको विकासमा बाधा गरिरहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष रामकृष्ण सागाछेँको सभापतित्वमा भएको कार्यक्रममा ७० वर्ष नाघेका ज्येष्ठ शेयर सदस्यहरूलाई सम्मान, असल बचतकर्ता तथा असल ऋणी, २०८२ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई बधाई तथा सम्मान गरिएको थियो ।
साधारणसभामा सचिवबाट प्रस्तुत आव २०८२÷०८३ को प्रगति प्रतिवेदन, कोषाध्यक्षबाट प्रस्तुत आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिबाट प्रस्तुत प्रतिवेदन तथा लेखापरीक्षकको लेखा प्रतिवेदनमाथि छलफल गरिएको थियो । साथै, आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम र अनुमानित बजेट पारित गरिएको थियो ।
कार्यक्रममा कृष्णबेटी पहिजू, विश्वराम दुमरु, राधिका जती, कृष्णभक्त गैडा, श्रीया पहिजूले पनि बोल्नुभएको थियो ।
Leave a Reply