कामदारवर्गको अहितमा लागेकाहरू नेमकिपामा अटन सक्दैनन् : अध्यक्ष बिजुक्छेँ
- भाद्र ६, २०८३
बिहीबार केही अखबारमा नेपालका केही बुद्धिजीवीको भनाइ उद्धृत गर्दै भेनेजुयला सड्ढटको विषयमा नेपालले बोल्न आवश्यक नभएको आशयका समाचार प्रकाशित भए । ‘नेपालसँग कूटनीति सम्बन्धबाहेक अन्य कुनै पनि सम्बन्ध नभएको’ ‘टाढाको देश’ को सड्ढटबारे अनावश्यक रुपमा बोलेर नेपाललाई अनाहकमा खतरामा परेका केही विद्वानहरूको आशय थियो । सार्कको अध्यक्ष देश भएर माल्दिभ्स र श्रीलड्ढामा भएका राजनीतिक सड्ढटबारे निकै ढिलामात्र बोलेको नेपालले भेनेजुयलाबारे बोल्न हतार गरेको केही टिप्पणीकर्ताको विचार थियो । नेकपाका एक अध्यक्ष पुष्पकमल दाहालले हतारमा भेनेजुयलाको विषयमा वक्तव्य जारी गर्दा नेपाल सरकारलाई बोल्न कर लागेको उनीहरूको विचार देखियो ।
भेनेजुयला सड्ढटबारे पुष्पकमल दाहालको वक्तव्य प्रकाशित भएपश्चात् सो राजनीतिक घटनाक्रमबारे नेपाल सरकारको खास धारणा के हो भनी संरा अमेरिकी राजदूतावासले प्रश्न गरेपछि परराष्ट्र मन्त्रालयले बाध्य भएर वक्तव्य जारी गर्नुपरेको हो । छिमेकी देश भारत र चीन दुवैले भेनेजुयला सड्ढटको समाधानको बाटो खोज्ने जिम्मेवारी त्यहींकै जनतालाई छोडिनुपर्ने भन्ने वक्तव्य प्रकाशित भइसकेको अवस्थामा त्यही आशयको वक्तव्य निकाल्न नेपाल सरकारलाई कुनै गा¥हो काम भएन । अन्तर्राष्ट्रिय विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने ध्येयले भन्दा पनि संरा अमेरिकाले सोधेको प्रश्नको जवाफ दिन परराष्ट्र मन्त्रालयले बुधबार औपचारिक वक्तव्य जारी गरेको देखिन्छ ।
कुनै पनि देशको सरकार एउटा सिद्धान्तबाट सञ्चालन भएको हुन्छ । सिद्धान्त नभएको सरकार दहीच्युरे हुन्छ । जता पनि ठीक पार्ने राज्य सिद्धान्तहीन हुन्छ । ऐना अघि उभिंदा जसरी प्रतिबिम्ब देखिन्छ, त्यसरी नै अन्तर्राष्ट्रिय क्षेत्रका कुनै पनि घटना हुँदा कुनै पनि देशले आफ्नो धारणा बनाएको हुन्छ । कतिपय सरकारले आफ्नो धारणा प्रस्ट रुपमा अभिव्यक्त गर्ने गर्दछ । जस्तै क्युवा, बोलिभिया, निकारागुआ, चीन, रुस, प्रजग कोरियाले आज भेनेजुयाली माडुरो सरकारको समर्थनमा आफ्नो प्रष्ट धारणा राखेको छ । त्यसरी आफ्नो विचार राख्नु सार्वभौम राज्यको अधिकार हो । केही देशले माडुरो सरकारको विरोधमा पनि मत व्यक्त गरेका छन् । त्यो पनि उनीहरूको अधिकारको कुरा हो । तर कुनै विचार नै नभएको देश हुनसक्दैन । कतिपय सरकारलाई कुनै पनि अन्तर्राष्ट्रिय घटनाबारे स्वयम्ले समर्थन वा विरोध गर्न अप्ठ्यारो अवस्था रहे अरु कुनै माध्यमजस्तै विपक्षी राजनीतिक समूह, नागरिक समाज, अधिकारवादी समूह, युवा–विद्यार्थीमार्फत पनि आफ्नो धारणा राख्ने गरेको हुन्छ । तर टाढाको देश भएकाले त्यसबारे धारणा बनाउन आवश्यक छैन भन्ने मत भने सही होइन ।
भेनेजुयलामाथि संरा अमेरिका नेतृत्वको मोर्चाले गरेको ना·ो हस्तक्षेपले संसारका देशमाथि एउटा प्रश्न पुनः उठेको छ– कुनै पनि सार्वभौम देशको आन्तरिक मामिलामा शक्ति देशले हस्तक्षेप गर्दा चुपचाप सहने हो वा त्यसको प्रतिरोध गर्ने ? शक्ति देशले जे गर्दा पनि मौनता साँध्ने हो वा त्यसको प्रतिरोधमा अन्य साना र विकासशील देश एकजुट हुने ? संसारका न्यायप्रेमी जनता हस्तक्षेपलाई टुलुटुलु हेरेर बस्ने वा त्यसविरुद्ध आवाज उठाउने ? भियतनाम, इराक, लिविया, अफगानिस्तान, सिरियापछि अर्को एउटा सार्वभौम देशमाथि साम्राज्यवादी शक्तिलाई हमला गरी ध्वस्त बनाउन दिने वा युद्धको विभिषिकाबाट त्यो देशलाई जोगाउने ? यतिबेला भेनेजुयलामाथिको हस्तक्षेपबारे ‘टाढाको देश’ अथवा कुनै पनि बहानाबाजीमा चुप लाग्नु भनेको साम्राज्यवादको समर्थन गर्नु र साम्राज्यवादले सार्वभौम देशमाथि गर्ने हमलालाई समर्थन गर्नु हुनेछ ।
Leave a Reply