बाल विकास सहजकर्ताहरूद्वारा नगर प्रमुखको ध्यानाकर्षण
- असार २, २०८३
काठमाडौँ, २२ माघ । नेपाली शैक्षिक क्षेत्रमा भारतीय हस्तक्षेप नयाँ कुरा होइन । नेपालबाट हजारौं विद्यार्थी भारतीय कलेजमा लान काठमाडाँै, पोखरा, विराटनगर, वीरगञ्जलगायत प्रमुख सहरमा भारतीय शैक्षिक मेला आयोजना गरिंदै आएको छ । नेपालमा विभिन्न सङ्घ सङ्गठनलाई शैक्षिक हडताल गर्न उक्साउँदै त्यसको फाइदा उठाउने काम पनि हुने गरेका छन् । नेपालमा खुलेका भारतीय बोर्ड मातहतका विद्यालयले नेपाली शैक्षिक ऐनकानुनसमेतको पालना गर्न बेवास्ता गर्दै आएका छन् । यतिबेला भने भारतीय शैक्षिक उद्यमीहरू प्रत्यक्ष रुपमा नेपालका कलेज कलेजमा आएर विद्यार्थी र अभिभावकलाई प्रत्यक्ष भेटघाट गरी ‘शैैक्षिक परामर्श’ दिन थालेका छन् । भारतका तीन विश्वविद्यालयका प्रतिनिधिले नेपालका विभिन्न कलेजमा विद्यार्थी र अभिभावकलाई ‘करियर गाइडेन्स सेसन’ परामर्श सञ्चालन गर्दै छन् ।
नेपालका ‘ग्यासियर इन्टरनेसनल’, ‘ट्रिटन’, ‘साइपाल’, ‘लालीगुराँस नेसनल’, ‘जुब्लियन्ट’, बूढानीलकण्ठलगायत कलेजमा परामर्श चलिरहेको आयोजक ‘अनट्रयाक कन्सल्टेन्सी’ र ‘ग्लोबल एजुकेटर्स एण्ड कन्सल्टेन्स’ले जनाएको छ । सेसनका लागि भारतको अनसल विश्वविद्यालयका उपकुलपति डा. राज सिंह, एसआरएम विश्वविद्यालयका प्राध्यापक विनित बजाज, बीएमएल मुन्जाल विश्वविद्यालयका सहप्राध्यापक विनायक कल्लुरीलगायत अनसल विश्वविद्यालयका प्रतिनिधि काठमाडौँ आएका छन् ।
माघ २० गतेदेखि सुरु भएको सेसन माघ २५ गतेसम्म नेपालका विभिन्न कलेजमा पुगी त्यहाँका विद्यार्थीबीच हुनेछ । उनीहरूले योजना र विकास, स्वास्थ्य र कम्प्युटर विज्ञान, इन्जिनियरीङ र विविध विषयमा विद्यार्थीले परामर्श पाइसकेको बताए ।
ग्लोबल एजुकेटर्स एण्ड कन्सल्टेन्सका निर्देशक गुञ्जन चौधरीले ती विश्वविद्यालयले नेपाली कलेजसँग अनुसन्धान र मानव संसाधन विकासका विषयमा सहकार्यको समेत योजना ल्याएको जानकारी दिए । अनौपचारिक विवरणअनुसार वार्षिक करीब पाँच हजार नेपाली विद्यार्थी अध्ययनका लागि भारत जान्छन् । हाल अष्ट्रेलियामा सबैभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत छन् ।
Leave a Reply