भर्खरै :

भक्तपुर नगरपालिकाको चौथो नगरसभा सम्पन्न

भक्तपुर, २२ माघ । भक्तपुर नगरपालिकाको चौथो नगरसभाको मङ्गलबार बसेको बैठकले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप बहुप्राविधिक संस्थानलगायतका विनियमहरू सर्वसम्मतिले पारित ग¥यो । सोही बैठकले भक्तपुर नपाको लेखा समिति गठनसम्बन्धी प्रस्ताव र भक्तपुर नगरपालिकाले २०७५ फागुन र चैत महिनालाई कर सङ्कलन अभियान महिनाको रुपमा अगाडि बढाउने प्रस्ताव पनि अनुमोदन ग¥यो ।
बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाद्वारा सञ्चालित कलेजबाट दीक्षित विद्यार्थीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा भक्तपुरको गरिमा बढाइरहेको बताउनुभयो । स्थानीय तह जनताको नजीकको सरकार भएको बताउँदै प्रमुख प्रजापतिले स्थानीय तहलाई बलियो बनाउँदा जनताको सेवा गर्न सजिलो हुने बताउनुभयो ।
उहाँले ‘ख्वप’ को पहिचान कायम गर्न नगरपालिकाद्वारा सञ्चालित कलेजकै सहज भएको बताउँदै कलेजको भविष्यसँगै विद्यार्थीको भविष्य पनि जोडिएको उहाँले बताउनुभयो । भक्तपुर जिल्लाले शिक्षा क्षेत्रमा देशै उत्कृष्ट जिल्लाको उपाधि पाइरहेको प्रसङ्ग जोड्दै विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धिमा नगरपालिकाले विशेष ध्यान दिएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप बहुप्राविधिक संस्थानलगायतका विनियममा सभासद्हरू ज्ञानकुमार मगजु, जितेन्द्र मुनंकर्मी, हरिरत्न गोर्खाली, श्यामसुरन्दर मातां, रञ्जना त्वाती, विश्वराज शिल्पकार, शिव बाला र गोविन्द दुवालले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
त्यसैगरी उपप्रमुख रजनी जोशीले मापदण्ड संशोधन प्रस्ताव सभामा पेश गर्नुभयो । सो प्रस्तावमा सभासद्हरू विश्वराज शिल्पकार, शिवप्रसाद बाला, बलराम न्हिसुतु, हरिरत्न गोर्खाली, राजेन्द्र माक, रञ्जना त्वाती र गोविन्द दुवालले संशोधन प्रस्तावमा आ–आप्mनो विचार राख्नुभएको थियो ।
भक्तपुर नगरपालिकाको कर्मचारी प्रशासन विनियम २०६५ मा संशोधन प्रस्ताव २०७५ सभामा सभासद् रवीन्द्र ज्याख्वले स्थानीय तह सञ्चालन ऐन आएपछि यस विनियममा संशोधन गर्नुपर्ने देखिएकोले हालको स्थानीय ऐनबमोजिम कर्मचारी प्रशासन नियमावली २०६५ को संशोधन गर्नुपर्ने भएकोले यो प्रस्ताव पेश गरेको बताउनुभयो । सभाध्यक्ष प्रजापतिले संशोधनपछि यो विनियम हालको ऐनअनुसार आवश्यक शब्दहरूमात्र प्रयोग गरी राजपत्रमा प्रकाशन हुने भएकोले यसलाई निर्णयार्थ सभामा पेश गर्नुभएपछि सभाले सर्वसम्मतिबाट भक्तपुर नगरपालिका कर्मचारी प्रशासन विनियम २०६५ मा संशोधन प्रस्ताव २०७५ पारित भएको थियो । त्यसैगरी सभासद् उकेश कवांले पेश गर्नुभएको विभिन्न १२ वटा प्रस्तावहरू पनि नगरसभाबाट सर्वसम्मतिबाट पारित भयो ।
भनपा प्रमुख एवम् सभाध्यक्ष प्रजापतिले चौथो नगरसभाबाट पारित विधेयक, विनियम, निर्देशिका र कार्यविधिहरूलाई अन्तिम रूप दिन विधायन समितिलाई जिम्मेवारी दिने जानकारी गराउनुभयो ।
गत पुस ३० गते सोमबारदेखि सुरु भएको भक्तपुर नगरपालिकाको चौथो नगरसभाको ८ दिनको सम्पूर्ण क्रियाकलापहरूको प्रतिवेदन सभामा सभाध्यक्ष सुनिल प्रजापतिले प्रस्तुत गरी सभा समाप्त भएको घोषणा गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *