भर्खरै :

अमेरिकी युद्ध अपराध ‘टेलविन्ड’ र सीएनएनको क्षमायाचना

प्रकाश नेपाल
“शत्रुहरू हामीतिर बढिरहेका थिए र हामीसँग हतियार पनि पुग्दैनथ्यो ।”
भियतनाममा आक्रमण गरी हिन्दचीनसम्म बर्बर युद्ध विस्तार गर्ने साम्राज्यवादी संरा अमेरिकी सेनाका तत्कालीन लेफ्टिनेन्ट रबर्ट भान बुस्कर्क (Robert Van Buskirk) ले सन् १९७० सेप्टेम्वरको एक घटना सम्झँदै भन्यो ।
त्यसदिन अमेरिकी सेना र भाडाका सिपाहीहरूले लाओसको एकसय किलोमिटर भित्री भूभागको एउटा गाउँमा आक्रमण गरी गाउँलाई ध्वस्त पारेर त्यहाँका पुरुष, महिलालगायत १०० जनाभन्दा बढीको हत्या गरेर फर्कंदा लाओसी र भियतनामी कम्युनिस्ट सेनाले हमला गरेको थियो । रबर्टको नेतृत्व गरेको आक्रमणले स्थानीय लाओसी ग्रामिणहरूलाई मात्र मारेको थिएन अमेरिकी सैनिकहरूलाई पनि मारेको थियो । ती सैनिकहरू अमेरिकी आक्रमणको विरोध गर्दै हिन्दचीनका मुक्ति सेनासँग मिल्न गएका थिए ।
लाओसी र भियतनामी सेनाको आक्रमण हुनासाथ र बर्टले वायुसेनालाई वायरलेसबाट खबर ग¥यो र केही मिनेटभित्र अमेरिकी विमान देखाप¥यो । ती विमानले हिन्दचिनी फौजमाथि ग्यास बम प्रहार ग¥यो । तत्कालै बम विस्फोट भयो र हिन्दचिनी सैनिकहरू भूईमा लडेको, वान्ता गर्न थालेको र कामेको देखियो । त्यहीबेला, रबर्ट स्मरण गर्दै भन्छ – “मेशिनगनले निशाना बनाए तर हलचल थिएन, केबल मुर्दाहरूमात्र देखें, कोही उत्तानो परेका र कोही घोप्टो परेका ।”
मुक्तिसेनातर्फ लागेका अमेरिकी सैनिकहरूलाई मार्न सञ्चालन गरेको अपरेशन टेलविन्ड (Tailwind) का जवानहरूलाई SOG टीम भनिन्थ्यो ।SOG अर्थात् Studies Observations Group (अध्ययन–अवलोकन समूह) । यसमा खुँखार जवानहरू समावेश गरिन्थ्यो र अत्याधुनिक हतियारले लैस हुन्थे । यिनीहरूले अध्ययन कम, लडाई धेरै गरेको थियो ।SOG का पुराना सैनिकहरूले बताए अनुसार उनीहरू कुनै युद्ध नियम मान्दैनथे । यसको मुख्यालय दक्षिण भियतनामको कोन्टम (Kontum) मा थियो । त्यहाँ प्रशिक्षण दिंदा रबर्टका अनुसार “जो जिउँदो छ, जसले प्राणवायु लिन्छ, जसले दिशा–पिसाब गर्छ ती सबैलाई मार्ने” आदेश दिइन्थ्यो ।
क्इन् को गुप्त लक्ष्य थोरै अधिकारीहरूलाई मात्र थाहा हुन्थ्यो । तिनीहरूलाई दिइएको ग्यास बमबारे यति थाहा थियो कि यो “निदाउने ग्यास” (Sleeping gas) हो । सैनिकहरूलाई ग्यास मास्क पनि दिइएको हुन्थ्यो ।
सन् १९७० सेप्टेम्बर ११ का दिन मुक्तिसेनासँग मिल्न जाने अमेरिकीहरूलाई मार्न गएको क्इन् मा १६ जना अमेरिकी सैनिक र १४० जना भाडाका सिपाही थिए । तिनीहरूलाई हेलिकप्टरहरूद्वारा लाओसको चभान (Chavan) सहर नजिकको गाउँनिर ओराले । पाइलटहरूसँग पनि विशेष मास्क थियो । तिनीहरूले शक्तिशाली दुरबीनबाट हेर्दा गाउँमा अमेरिकीहरू ओहर दोहर गरिरहेको देखे । ती अमेरिकी बन्दी थिएनन् किनभने तिनीहरू बाधिएका थिएनन् र बन्दुक लिएरै घुमिरहेका थिए । तिनीहरूमाथि ३ दिनसम्म हमला ग¥यो । त्यहाँ तिनीहरूले भेटे, देखेजतिलाई मारे र गाउँलाई ध्वस्त पारे ।
हमला गरिरहेको बेला मुक्तिसेनासँग मिल्न गएका अमेरिकीहरू एक सुरुङ्ग जस्तोमा भागे, तिनीहरूलाई पछ्याउँदै रबर्टले सुरुङ्ग भित्र फोस्फोरस बम (ग्यास बम) प्रहार गरे । पछि हेर्न जाँदा ती अमेरिकी लगायत अन्य १५ जना मरिसकेका थिए ।
यो घटना भएको २८ वर्ष भयो । अमेरिकी समाचार संस्था सीएनएन र टाइमको टेलिभिजन कार्यक्रम न्यूज स्टाय्ण्ड ( New Stand : CNN&TIME) मा पत्रकार अप्रिल ओलिभर (April Oliver) ले गएको जून ७ तारिखमा त्यही घटनाको अनुसन्धान गरी एउटा कार्यक्रम प्रसारण गरेको थियो । ओलिभरले टेलविण्ड अभियानमा संलग्न सैनिक अधिकारी, सैनिकहरू र सम्बन्धित विज्ञहरू गरी २०० जनासँग भेट, सोधपुछ र अन्तर्वार्ता लिई आठ महिना लामो अनुसन्धानपछि उक्त कार्यक्रम ः मृत्युको उपत्यका, के अमेरिकाले स्नायु ग्यास प्रयोग गरेको थियो ? प्रयोग गरेको थियो ः (Valley of Death, Did The US drop the Nerve Gas ?) तयार गरेकी थिइन् ।
उक्त कार्यक्रम प्रसारण भएपछि सीएनएनमा हल्लीखल्ली मच्चियो, कार्यक्रम उत्पादक ओलिभर र उत्पादन प्रमुख ज्याक स्मिथ (Jack Smith) लाई सीएनएनले बर्खास्त ग¥यो, कसैले राजीनामा दिए, अरुले आफ्नो सफाइ पेश गर्न थाले, अमेरिकी रक्षा मन्त्रालय पेन्टागन (Pentagon) पनि प्रभावित हुन पुग्यो । तर, सीएनएनको प्रमुख टम जोन्सन (Tom Jonson) ले दुई पटक राजीनामा पेश ग¥यो, दुवैपटक अस्वीकृत भयो ।
ओलिभरको रिपोर्ट अनुसार अमेरिकी सेनाले प्रहार गरेको ग्यास बम घातक सरिन ग्यास थियो । स्मरणीय छ ३ वर्ष अघि (१९९५) जापानमा एक धार्मिक गुरुद्वारा यो ग्यास प्रयोग गराउँदा दर्जनौं मानिस मरेका थिए । त्यस्तै ग्यास अमेरिकाले लाओसमा प्रयोग गरेको थियो । त्यसबेला त्यस ग्यासलाई न्द्य साङ्केतिक नाम दिइएको थियो । यस्ता स्नायु ग्यासहरू दक्षिण भियतनामस्थित सैन्य खजानामा थुप्रै थियो । निक्सन प्रशासनले स्नायु ग्यास प्रतिबन्ध लगाउने जेनेभा सन्धिमा हस्ताक्षर गरेको थिएन, यद्यपि “पहिले प्रयोग नगर्ने” भन्दै आएको थियो ।
पन्टागनका एक सैन्य अधिकारीले अपरेशन टेलविण्डमा कुनै पनि प्रकारका स्नायु ग्यास प्रयोग गरेको तथ्य फेला नपरेको बताएका छन् । तर, ओलिभरको दाबीलाई पुष्टि गर्ने भनाइहरूको भने कमी छैन ।
सेवानिवृत्त अमेरिकी नौसैनिक सेनाध्यक्ष थोमस मूरर (Thoms Murer) र अन्य सेनाका उच्च अधिकारीहरूले त्यस अपरेशनमा घातक सरिन ग्यास प्रयोग गरेको पुष्टि गरेका छन् । तिनीहरूले भियतनाम युद्धमा विभिन्न मोर्चा वा अभियान गरी २० भन्दा बढी पटक प्रयोग गरेका पनि दाबी गर्दै अमेरिकी सैनिकलाई बचाउन कुनै पनि हतियार र उपाय प्रयोग गर्नु जायज भनेका छन् ।
मुक्तिसेनामा मिल्न जाने अमेरिकीहरूलाई मार्ने नीतिबारे सेवानिवृत्त मेजर जनरल जोन सिंग्लाउब (John Singlaub) जो पूर्व SOG कम्मान्डर थियो –ले भियतनामी वा रुसीलाई मार्नुभन्दा भागेका अमेरिकीलाई मार्नु महत्वपूर्ण छ किनभने भागेकाहरू अमेरिकी सञ्चार व्यवस्था र युद्ध दाउपेचको निम्ति खतरा हुनसक्ने बताएका थिए । क्इन् को एक अर्का पुराना सैनिकले हामीले सोचेभन्दा धेरै अमेरिकीहरू भागेका छन्, अर्का सैनिकले करीब ३०० जना भागेको बताएका छन् । तर, अमेरिकी रक्षामन्त्रालय पेन्टागनले भियतनाम युद्धमा केवल दुईजना सैनिक मात्र भागेको बताएको छ ।
आक्रमणमा संलग्न सैनिक क्रेग स्किमिड (Craig Schmidt) का अनुसार विमानबाट ग्यास बम प्रहार गर्न थालेपछि बाहुला झारेर हातहरू छोप्यौं, मास्क लगायौं किनभने यो स्नायु ग्यास हो भन्ने कुरामा रत्तिभर शङ्का थिएन । तर, कतिपयका मास्कहरू तीन दिनको युद्धमा बिग्रेका, च्यातिएका थिए र भाडाका सिपाहीहरूको निम्ति ठूलो थियो । केही अमेरिकी सैनिकहरूले बान्ता गरे । त्यस अपरेशनमा ६० जना भाडाका सिपाही मरे तर सो¥है जना अमेरिकीहरू सामान्य घाइते मात्र भए, जीवित रहे ।
अर्का सैनिक माइक हागन (Mike Hagan) आज हातखुट्टा नचल्ने गरी पक्षघात भएको छ र चिकित्सकहरूले स्नायु ग्यासको परिणाम भनेको छ । माइक भन्छ– सरकार त्यसलाई स्नायु ग्यास भन्न चाहँदैन, अर्कै नाम दिन चाहन्छ । तर, त्यो स्नायु ग्यास नै थियो ।
पछि रबर्ट र यूजें माय्ककार्लेले त्यस अभियान वापत चाँदीको तक्मा पाए । तर, त्यसको रिपोर्ट दिंदा एक उच्च सैनिक अधिकारी (अहिले मरिसकेको) ले सुरुङ्गमा अमेरिकी सैनिकलाई मार्न फोस्फोरस बम प्रयोग गरेको अंश मेटाउन लगाएको कुरा रबर्टले बतायो ।
‘एजेन्ट अरेन्ज’
संरा अमेरिकी साम्राज्यवादले हिन्दचीनको युद्धमा रासायनिक हतियारहरू प्रयोग गरेका प्रमाण यसअघि पनि प्रकाशमा आइसकेको छ ।
‘एजेन्ट अरेन्ट’ (Agent Orange) सांकेतिक नाम दिएर अमेरिकी आक्रमणकारी सेनाले भियतनामका जङ्गलहरूमा प्रयोग गरेको डायोक्सिन (Dioxin) नामको रासायनिक पदार्थले भियतकङ्गहरूलाई शरण दिने जङ्गल सखाप भए, वातावरण सन्तुलन बिग्य्रो । त्यो विषालु पदार्थको असर पुस्तौं पुस्तासम्म रहने तथ्य अहिले भियतनाममा देखिएको स्थितिबाट प्रमाणित भएको छ । त्यो विष छरिएको स्थानमा कार्यरत अमेरिकी सेनामा पनि असर देखापरेको थियो र छ । अरु त अरु, एजेन्ट अरेन्ज अभियानका जिम्मेदार सैनिक अधिकारी एल्मो जुमवाल्टका छोरा क्यान्सरको कारण म¥यो र नाती मानसिक रूपमा अपाङ्ग भयो । भियतनाम युद्धबाट फर्केका अमेरिकीहरूले स्वास्थ्यसम्बन्धी नयाँ समस्याहरू अनुभव गरेका थिए । सन् १९८४ मा एजेन्ट अरेन्जमा प्रयोग भएको रासायनिक पदार्थ बनाउने कम्पनीहरूविरुद्ध मुद्दा हाल्दै हिन्दचीनमा युद्धमा गएका लाखौं भूतपूर्व अमेरिकी सैनिकहरूले स्वास्थ्य परीक्षणको माग गरेका थिए । तर, ‘एजेन्ट अरेन्ट’ र रोगबीच सम्बन्ध देखाउन नपाउने रेगन सरकारको कानुनको कारण वैज्ञानिकहरूले सम्बन्ध नभएको रिपोर्ट दिए । तर, सङ्घर्ष र जनदबाब बढेपछि एजेन्ट अरेन्टबाट ९ थरीका रोगहरू हुन सक्ने तथ्य स्वीकार्न वैज्ञानिकहरू बाध्य भए ।
साम्राज्यवादी अमेरिकाले हिन्दचीन अर्थात् भियतनाम, कम्वोडिया र लाओसमा कम्युनिस्टहरूलाई रोक्ने नाममा गरेको फोस्फरस ग्यास बमबाट बर्बर आक्रमणबाट युद्धका नियमहरू उल्लङ्घन गर्दै प्रतिबन्धित रासायनिक हतियारहरू प्रयोग गैरसैनिक, महिला र केटाकेटीको हत्या, युद्धबन्दीहरूको निर्मम र बर्बरतापूर्वक हत्या, गाउँहरू ध्वस्त, अन्न र नगदेबालीमा आगलागी, खानेपानीमा विष मिलाउने, जङ्गल सखाप पार्ने, …आदि इत्यादि सबथोक गरेको थियो । वनस्पति विनाश गर्ने रासायनिक पदार्थ छरेको कारण अहिले भियतनाममा अपाङ्ग–हात नभएका, खुट्टा नभएका, हात र खुट्टा दुवै नभएका, जिब्रो नभएका, खप्परको हाड कुच्चिएका, बङ्गारा विरुप भएका, मेरुदण्ड बाङ्गिएका, पुठ्ठा बटारिएका, आँखा नभएका, शरीर वृद्धि हुन नसकेका, शरीर जोडिएका… बालबालिकाहरूले बाल अस्पतालहरू भरिएका छन् र एउटा विभत्स सङ्ग्रहालय भएको छ ।
(विस्तृत विवरणको लागि भक्तपुर सङ्ख्या ९२)
क्युवामा
हिन्दचीनमा मात्र होइन अमेरिकी साम्राज्यवादले आफ्नो कठपुतली नबन्ने राष्ट्र र जनताविरुद्ध किटाणु युद्ध, रासायनिक विषहरूको प्रयोग गरेका तथ्यहरू खोजी गरेमा अल्याख भेटिन्छ ।
क्युवाको समाजवादी व्यवस्थालाई ध्वस्त पार्न र यसका नेता फिडेल क्यास्ट्रोको हत्या गर्न साम्राज्यवादी अमेरिकाको सन् १९६० यताका सबै राष्ट्रपतिहरूले दुस्साहस गर्दै आएका छन् । आक्रमण, अन्तरध्वंश, मनौवैज्ञानिक युद्ध, करिब चार दशक लामो नाकाबन्दी, हेल्मस–वर्टन कानुन, फिडेल कयास्ट्रोको हत्या गर्ने आठ पटकको षड्यन्त्र आदिबाहेक कीटाणु युद्ध र मानिसहरूमा रोग फैलाउने रासायनिक पदार्थ छर्ने काम संरा अमेरिकी साम्राज्यवादले सन् ३० को दशकदेखि पटक–पटक गर्दै आएको थियो । यसको प्रमाणसहित क्युवाले तथ्य–तथ्याङ्कसहितको एक प्रतिवेदन संरा सङ्घका महासचिवसमक्ष सन् १९९६ अक्टोबरमा पेश गरेको थियो ।
इराकमा
संरा अमेरिकी साम्राज्यवादको आदेशलाई शिरोपर नगर्ने र ‘स्वाधीन’ हुन खोज्ने लिबिया, इरान, इराक आदि राष्ट्र र त्यहाँका नेताहरू विरुद्ध षड्यन्त्र र मनोवैज्ञानिक युद्ध पुरानो हो । यसै सन्दर्भमा संरा अमेरिकी साम्राज्यवाद र यसका आदेशपालक थुप्रै मुलुकहरूले इराकविरुद्ध खाडी युद्ध (Gulf War) गरेको थियो । लाओसमा अमेरिकाले सरिन ग्यास प्रयोग गरेको कार्यक्रम प्रसारण गर्ने सीएनएनको युद्ध (CNN War) पनि भनिएको खाडी युद्धमा संरा अमेरिकाले रासायनिक हतियार प्रयोग गरेको थियो । अमेरिकाले त्यस कुरालाई अस्वीकार गरे पनि परिणामको तथ्यबाट रासायनिक हतियार प्रयोग गरेको पुष्टि वैज्ञानिकहरूको अनुसन्धानबाट भइरहेका छन् ।
इराकमा संरा अमेरिकाले घातक रासायनिक हतियार प्रयोग गरेको कारण खाडी युद्धपछि मानिसहरू, बालबालिकाहरू र नवजात शिशुहरू विभिन्न रोगहरूबाट ग्रसित भएका छन् । युद्धभन्दा पहिले त्यहाँ दैनिक २÷३ जना क्यान्सरका रोगी आउनेमा अहिले १०÷१५ जना आउने गरेको छ । त्यस्तै जन्मदा नै विकृति हुनेहरूको सङ्ख्या, मृगौलाका रोगी प्रतिरोध प्रणाली बिग्रने, अधिग्रो जानेको सङ्ख्या वृद्धि भएको तथ्याङ्क सम्बन्धित चिकित्सकहरूले प्रकाशमा ल्याएका छन् ।
खाडी युद्धमा अमेरिकाले आणविक हतियार निर्माण गर्दा निस्कने युरोनियम (Depleted Uranium) छोटोमा DU भनिन्छ । लाई गोला–वारुदमा प्रयोग गरी खसालेको थियो । यी गोलावारुद पड्किँदा यसबाट रेडियोधर्मिता विकिरण (radioactive) र रासायनिक विषयुक्त धूलो (Chemical TYoxic Dust) उत्पन्न हुन्छ । त्यसलाई वरपरकोले श्वासद्वारा शरीर भित्र पठाउँदा वा हावा र पानीले एक ठाउँबाट अर्को ठाउँमा पु¥याउँछ र घातक असर गर्छ । यसको घातक असरबारे संरा अमेरिका अनभिज्ञ थिएन भन्ने प्रमाण अमेरिकी सेनाको वैज्ञानिक प्रयोगको अन्तर्राष्ट्रिय सहयोग (SAIC) ले सन् १९९० जुलाईमा नै अनुसन्धान प्रतिवेदन तयार गरेबाट स्पष्ट हुन्छ । त्यस प्रतिवेदनमा ठूलो मात्राको प्रयोगले तत्काल मृत्यु हुने र कम मात्राको प्रयोगले क्यान्सर हुने मृगौलाले काम नगर्ने र जन्मजात विकृति आउने कुरा उल्लेख छ ।
भक्तपुर मासिक, २०५५ साउन
–बाँकी भोलिको अङ्कमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *