तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २३ माघ । नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको संयुक्त आयोजनामा भेनेजुयलाको आन्तरिक मामिलामाथि अमेरिकी साम्राज्यवादको हस्तक्षेपविरुद्ध बुधबार सूर्यविनायक चोकमा विरोध सभा भयो ।
सभामा नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले प्राकृतिक स्रोत, साधन, खानी र तेलको ठूलो भण्डार कब्जा गर्न अमेरिकी साम्राज्यवादले सार्वभौम देश भेनेजुयलाको आन्तरिक मामिलामाथि गरेको हस्तक्षेप संयुक्त राष्ट्रसङ्घको नागरिक बडापत्र र विश्व शान्ति तथा पञ्चशीलको सिद्धान्तविपरीत छ भन्नुभयो ।
भेनेजुयलालाई दोस्रो लिविया, इरान वा सिरिया बनाउन उद्यत अमेरिकी साम्राज्यवादविरुद्ध विश्वभर जनमत तयार गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
नेक्रायुसङ्घ भजिस अध्यक्ष मिनबहादुर बाटाको सभापतित्वमा भएको उक्त विरोध सभामा नेक्रायुसङ्घका एच.एस. सुवाल, नेक्राविसङ्घका किरण गोसाईँलगायतले सार्वभौम देश भेनेजुयलामाथि अमेरिकी साम्राज्यवादको दादागिरीविरुद्ध न्यायप्रेमी तथा शान्तिकामी जनताले आवाज बुलन्द गर्दै जानुपर्ने विचार ब्यक्त गर्नुभयो ।
Leave a Reply