हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
- असार १, २०८३
लण्डन, ६ फेब्रुअरी । बेलायतको लण्डनस्थित हाइगेट सिमेट्रीमा अवस्थित विश्व सर्वहारा वर्गका गुरु कार्ल माक्र्सको समाधिमा कुनै अज्ञात व्यक्ति वा समूहले हमला गरी क्षति पु¥याइएको छ । हमलाकारीले समाधिमा राखिएको मार्बलको पाटामा सम्भवतः ह्यामरले हानी त्यसमा खोपिएका अक्षरमा क्षति पु¥याएको छ । हाइगेट सिमेट्रीअन्तर्गत ग्रेड–१ मा समावेश गरिएको सो माक्र्सको समाधिमा मात्र त्यस्तो क्षति पु¥याइएको स्थानीय प्रहरीले जनाएको छ । अन्य कुनै पनि समाधिमा त्यस्तो हमला नभएकाले यो नियोजित हमला भएको सुरक्षाकर्मीले बताए । हमलाकारीले मार्बलमा खोपिएको कार्ल माक्र्स नाम मेट्न नै अझ बढी मिहिनेत गरेको त्यहाँको तस्वीरमा देखिन्छ ।
फ्रेण्ड अफ हाइगेट सिमेट्री ट्रस्टका प्रमुख कार्यकारी इयान डुङभेलले सो हमलाको भत्र्सना गर्दै ‘निन्दनीय काम’ भएको बताए । मार्बलको सो पाटा सन् १८८३ मा माक्र्सको निधनपश्चात बनाइएको र सन् १९५४ मा हाइगेट पार्कमा स्थापित गरिएको थियो ।
ट्रस्टका प्रमुख कार्यकारीको वक्तव्यमा भनिएको छ,“माक्र्सको दर्शनलाई एकातिर राखेर विचार गर्दा पनि यो ज्यादै निन्दनीय काम हो । मानवीय कोणबाट हेर्दा पनि त्यो माक्र्सको मात्र समाधि होइन, उनको श्रीमती र परिवारका अन्य सदस्यहरूको पनि समाधिस्थल हो ।”
“कोही माक्र्सको अत्यन्त विरोधी हो भने मानिसको विचार परिवर्तन गरेर माक्र्सको विरोध गर्ने तरिका अपनाउन सक्छन् । तर, कुनै प्रस्तरमाथि तोडफोड गर्ने तरिका गलत हो । यस्ता कामप्रति कोही पनि माक्र्सवादविरोधी विचारका पक्षपातीबाट सहानुभूति हुन सक्दैन ।”, त्यसमा लेखिएको छ । इयानले सो क्षतिको प्रत्यक्ष निरीक्षण गरेका छन् । “यो काम बायाँ हातबाट भएको अनुमान गर्न सकिन्छ किनभने मार्बलमाथि बायाँबाट दायाँतिर क्षति पु¥याएको देखिन्छ । यदि हमलाकारीले दायाँबाट भएको दायाँबाट बायाँतिर क्षति पु¥याएको हुनुपर्ने हो ।”, स्थलगत अवलोकनपश्चात् इयानले भने ।
घटना खासमा कहिले भएको कुनै यकिन गरिएको छैन । तर सबभन्दा पहिलोपटक गएको सोमबार क्षति पत्ता लागेको हो । इयानले घटना गएको साता भएको अनुमान गरेका छन् ।
आर्थिक मूल्यको हिसाबमा कतिको क्षति भएको छ कुनै निश्चय भएको छैन ।
संसारका माक्र्सवादी, प्रगतिशील र क्रान्तिकारीहरू संसारका क्रान्तिकारी दार्शनिक कार्ल माक्र्सप्रति सम्मान व्यक्त गर्न जाने सो समाधिमा वार्षिक दसौँ हजार मानिस पुग्ने गरेको स्रोतले बताएको छ ।
Leave a Reply