भर्खरै :

गिद्दहरू

सुष्मा बाटा
हेर !
प्रजातन्त्रको नाममा गिद्दहरू, संसार लुट्दै छन्,
पखेटा हल्लाउँदै, कोलाहल मच्चाउँदै,
युद्द निम्त्याउँदै छन्,
आफै शक्तिशाली भएको, स्व–घोषणा गरेर,
आफूभन्दा ठूला गिद्दहरूको, आर्शीवाद थाप्दै छन् ।
कसलाई के थाहा ?
गिद्दहरू, नङग्राको भरमा शासन गर्दै छन्,
शान्ति र सुरक्षाको नाममा धारिला हतियार देखाँउदै छन्,
हरे !साम्राज्यवादी गिद्दहरू,
रगतको आहालमा रमाउँदै छन्,
सावधान है !मित्रहरू,
गिद्द,
निर्दोष छिमेकीको गुँडमा छिरेर, कलिला बचेरा नास्दै छन्,
कलिला बचेरा नास्दै छन् ।
सन्दर्भ ः भेनेजुयलामाथि अमेरिकी हस्तक्षेप
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *