मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
पानसिंह टोमार
लिवियामा गडाफी
इराकमा सद्दाम !
भन … अझै दूर दराजको देश भनी
कति चुप बसम !
अझै भेनेजुयलालाई सिरिया बनाउने हो ?
महिला बालबच्चाका अनगिन्ती
लाश हेरेर छाती छिया छिया बनाउने हो ?
आज हामी जत्रै सुदूरको देशलाई नखाला ?
“कागजी बाघ” ले भोलि हामीलाई नखाला ?
भोलि उस्तै गरी विस्तारवादी र साम्राज्यवादीहरुले
गर्दा हमला हामीलाई कठै कसले भन्ला ?
के बेलायतले आफ्नो देशमा
दुईवटी महारानी राख्न दिन्छे ?
के अङ्कल स्यामले आफ्नो धापी धर्तीमा
एउटै ट्रपबाट आकन्तु भएको बेला
दोस्रो ट्रपको सँगसँगै कल्पना गर्नसक्ला ?
होइन भने,
तेलको खानी
सुनकी रानी भेनेजुयलालाई
उसको जनतासँग स्वतन्त्र छोडिदेऊ ।
तिम्रो आयातीत प्रजातन्त्र र स्वतन्त्रता
चाहिएन, भो !
उसको भविष्यको निर्णय
ऊ आफै लिन्छ उसलाई जीवन्त छोडिदेऊ ।
Leave a Reply