भर्खरै :

कैलालीका विद्यार्थीको भेला

काठमाडौँ, २७ माघ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ काठमाडाँै–कैलाली सम्पर्क समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीको तीसौं केन्द्रीय परिषद्को सन्देश र अभिभावक भेला भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले विद्यार्थीले सबै विषयमा जानकारी राख्नुपर्ने धारणा राख्दै कामदार जनताको पक्षमा हुने आन्दोलन र सङ्घर्षमा कामदार जनताको छोराछोरी सहभागी हुनुपर्ने बताउनुभयो ।
नेमकिपा कैलाली जिल्ला समितिका अध्यक्ष रमेशकुमार रावलले पुँजीपति वर्गले कामदार जनताका छोराछोरीलाई विकृतमा फसाएर राजनीतिक गतिविधिबाट टाढा राख्न खोज्ने बताउनुभयो ।
ईश्वर शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उमेश पाण्डे र विवेक रावलले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *