भर्खरै :

कञ्चनपुर हत्याकाण्डबारे संसदमा अनुराधा थापामगरले के बालिन् ? (पूरा पाठ)

सभामुख महोदय,
कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकाको आनन्द बजारमा कल्भर्ट बनाएका नेपालीलाई हिजो भारतीय एसएसबीले गोली हानेर स्थानीय गोविन्द गौतमको हत्या ग¥यो । नेपाली सीमाभित्र पसेर एसएसबीले दर्जनौं राउण्ड गोली हान्यो र आतड्ढित पा¥यो । स्थानीयले भारतीय एसएसबीकै सहमतिमा एक महिना अघिदेखि कल्भर्ट बनाएका थिए । कल्भर्ट निर्माण पूरा भएपछि बुधबार भारतीय एसएसबीले गूगल नक्साअनुसार कल्भर्ट भारतमा परेको दाबी गरी निर्माणमा रोक लगायो । भारतको यो दाबी नेपाल खाने दाउकै सिलसिला हो । भारतले विसं २०२२ सालमा नेपालको सुस्तामाथि आक्रमण ग¥यो । त्यसयता भारतले नेपाल–भारत खुला सीमाबीच १०० भन्दा बढी ठाउँमा ६० हजार हेक्टरभन्दा बढी नेपाली भूमि अतिक्रमण ग¥यो, दशगजामै बाँध र तटबन्ध निर्माण गरी नेपालीभूमि डुबानमा पा¥यो, ५९९४ सीमास्तम्भमध्ये ११०० भन्दाबढी सीमास्तम्भ उखेलेर नेपालतर्फ सा¥यो । राति सुतेका नेपालीहरूको भूमिबिहान उठ्दा भारतले दाबी गर्दैछ । गएको वर्षामा भारतले सप्तरीमा दशगजामै सडक बाँध बनाउँदा स्थानीय जनताले प्रतिरोध गरे ।
सभामुख महोदय,
नेपाल र भारतका जनताको सम्बन्ध इतिहासजत्तिकै पुरानो छ । तर बेलायती साम्राज्यवादको विरासत बोकेको भारतीय शासक वर्गले नेपाल र नेपालीलाई कहिल्यै शान्तिसँग बस्न दिएन । नेपालीले आफ्नो संविधान बनाउँदा भारतीय शासकवर्गले आफ्नो विदेश सचिव पठाई रोक्नखोज्यो । नेपालीको संविधान घोषणा भएपछि नेपालको पारवहन अधिकार हनन् गरी भारतीय शासकवर्गले नाकाबन्दी लगायो र तराई–मधेसमा उपद्रव मच्चाउन नास्ता–पानीको व्यवस्था ग¥यो । नाकाबन्दीकै बेला भारतीय एसएसबीले सुनसरीमा पसेर चारजना यादव बन्धुलाई गोली हानी घाइते बनायो । त्यसबेला काठमाडौंस्थित भारतीय दूतावासले एसएसबीले गोली नहानेको झूठा वक्तव्य प्रकाशित ग¥यो भने कञ्चनपुरको हत्यामा पनि भारतीय दूतावासले एसएबीले गोली नहानेको झूठा वक्तव्य दियो ।

भारतले विसं २०२२ सालमा नेपालको सुस्तामाथि आक्रमण ग¥यो । त्यसयता भारतले नेपाल–भारत खुला सीमाबीच १०० भन्दा बढी ठाउँमा ६० हजार हेक्टरभन्दा बढी नेपाली भूमि अतिक्रमण ग¥यो, दशगजामै बाँध र तटबन्ध निर्माण गरी नेपालीभूमि डुबानमा पा¥यो, ५९९४ सीमास्तम्भमध्ये ११०० भन्दाबढी सीमास्तम्भ उखेलेर नेपालतर्फ सा¥यो । राति सुतेका नेपालीहरूको भूमिबिहान उठ्दा भारतले दाबी गर्दैछ । गएको वर्षामा भारतले सप्तरीमा दशगजामै सडक बाँध बनाउँदा स्थानीय जनताले प्रतिरोध गरे ।

सभामुख महोदय,
प्रजातन्त्र र लोकतन्त्रमा राजनीतिक दलहरूले शान्तिपूर्ण गतिविधि गर्न पाउँछन् । सप्तरीको राजविराजमा माघ २८ गते नेपाल मजदुर किसान पार्टीको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी किसान सङ्घको दोस्रो राष्ट्रिय सम्मेलनमा अवरोध गरियो ।
उक्त सम्मेलनमा अवरोध गर्दा एमाले र अन्य राजनीतिकदलहरू मौन बसे । फागुन २३ गतेको एमालेको राजविराजको जनसभामा पनि अवरोध भयो र गोली चल्दा ४ जनाको मृत्यु भयो । एमालेको राजविराज कार्यक्रमको २–४ दिन अगाडि नै भारतीय अपराधीहरू होटल होटलमा बसेको समाचार प्रकाशित थियो । दुई देशको शान्ति र विकासमा खुला सिमाना चुनौती नै भएको छ । नेपाल–भारत खुला सीमा नियमित गर्न पर्खाल लाउने वा तार बार्ने काम गर्नु अतिआवश्यक छ । भारतीय विस्तारवादको नेपालमाथि बारम्बार भइरहेको हस्तक्षेपको विरोध गर्दछु ।
कञ्चनपुरको हत्यामा संलग्न एसएसबीलाई कानुनी कारबाहीको माग गर्दछु । नेपाल मजदुर किसान पार्टीले यस हत्या काण्डको भत्र्सना गर्दै विज्ञप्ति प्रकाशित गरेको छ । देशमाथि भारतीय आक्रमण र गोली प्रहार हुँदा पनि सरकार चिन्तामात्र व्यक्त गर्दैैछ । अपराधीलाई कारबाही गराउनेतर्फ कुनै कदम उठाउँदैन । जनता देशमा सरकार नै नभएको महसुस गर्दैछन् । भारतले गोली हानी नेपालीको हत्या गरेकोबारे प्रमले संसदमा अबिलम्ब यथार्थ जानकारी दिनुपर्छ । प्रधानमन्त्रीबाट यथार्थ जानकारी लिन सभामुख महोदयबाट रूलिङ गर्नुपर्छ । मृतक र घाइतेहरूलाई भारत सरकारबाटै क्षतिपूर्ति दिलाउनुपर्छ । छिमेकी देशमा हत्या हिंसा गर्ने काम भारतको मोदी सरकारको फासीवादी नीतिहो । हामी यसको विरोध गर्दछौं । धन्यवाद
(नेमकिपाका सांसद अनुराधा थापामगरले मिति २०७३ फागुन २७ गते संसदको विशेष समयमा बोल्नुभएको मन्तव्य)

Leave a Reply

Your email address will not be published. Required fields are marked *