भर्खरै :

काभ्रेमा कार्यकर्ता भेला

काभ्रे, २ फागुन । नगरकोट मण्डनदेउपुर नगरपालिका वडा नं. २ मा नेमकिपा कार्यकर्ताहरूको भेला बिहीबार सम्पन्न भयो ।
भेलामा नेमकिपा काभ्रेका सल्लाहकार नारायणबहादुर दुवालले पार्टीको ३० औँ केन्द्रीय परिषद्बाट पारित प्रस्तावहरू जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, “साम्राज्यवादी अमेरिकाले आफ्नो नीति स्वीकार नगर्ने देशमाथि निर्ममतापूर्वक आक्रमण गर्दछ । भेनेजुयलामा अमेरिकी साम्राज्यवादको समर्थकलाई राष्ट्रपति आफै घोषणा गर्न लगाई आफ्ना पिछलग्गूहरूलाई समर्थन गर्न दबाब दिइरहेको छ । विश्वका बहुसङ्ख्यक जनता र देशहरू भेनेजुयलाका निर्वाचित राष्ट्रपति निकोलस माडुरोको पक्षमा रहेको छ ।”
नेमकिपा काभ्रेका पितम तामाङले नेपाल–भारत सीमा नियमित नगर्दा नेपालको ६० हजार हेक्टरभन्दा बढी भूभाग मिचिएको बताउनुभयो ।
कार्यक्रममा केबी तामाङ र सूर्य घिसिङले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *