भर्खरै :

कम्युनिष्ट घोषणापत्रबारे अन्तरक्रिया

भक्तपुर, ४ फागुन । भनपा वडा नं. १ मा कम्युनिष्ट घोषणापत्रबारे अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा वडा नं. १ का इञ्चार्ज लक्ष्मीनारायण राजलवटले भर्पाइ आन्दोलन र बाली काट्ने आन्दोलनबारे चर्चा गर्नुभयो ।
कार्यक्रमका सभापति एवम् भनपा वडा नं. १ का वडा अध्यक्ष श्यामकृष्ण खत्रीले पार्टीको निर्वाचन घोषणापत्रअनुसार भनपाका जनप्रतिनिधिहरूले कार्य गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा गङ्गा बमनू, दामोदर लिबी र सूर्यप्रसाद श्रेष्ठले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *