भर्खरै :

प्याराग्लाइडिङका लागि बागलुङ उत्कृष्ट

– सुवास गौतम
गलकोट, ४ फागुन । प्याराग्लाइडिङका लागि विश्वकै उत्कृष्टमध्येको एक स्थान मानिएको पोखराको सराङ्कोटको विकल्प बागलुङ बन्ने सम्भावना देखिएको छ ।
गत मङ्गलबार बलेवामा पहिलोपटक प्याराग्लाइडिङको सफल परीक्षण गरिएको थियो । बिहीबार पुनः पाँच प्याराग्लाइडिङको यहाँ सफल उडान गरेका थिए ।
लामो समयदेखिका अनुभवी पाइलट टेकबहादुर थापा, लक्ष्मण सुनुवार, सागर राउत, आकाश क्षेत्री, प्रदीप ब्लनले बलेवाको आकाशमा दोस्रोपटक प्याराग्लाइडिङ उडान गरेपछि सराङ्कोटको विकल्प बन्नसक्ने प्रतिक्रिया दिए । बिहीबारबाट सुरु भएको प्रथम बलेवा महोत्सवका अवसरमा पोखराको भ्यालीलेक प्याराग्लाइडिङ कम्पनीका पाइलटले प्याराग्लाइडिङको सफल परीक्षण गरेपछि उपयुक्त स्थान रहेको बताएका हुन् ।
हावाको गति र मिलेको भूबनोटका कारण बलेवा क्षेत्र प्याराग्लाइडिङका लागि उत्कृष्ट गन्तव्य बन्नसक्ने पाइलट सागर राउतले बताउनुभयो । समुद्री सतहदेखि एक हजार ७६० मिटरको उचाइमा रहेको बागलुङ नगरपालिका–१३ पैयुँपाटाको पहरेको धुरीबाट उडेका पाँच प्याराग्लाइडिङहरू बागलुङ नगरपालिका–१४ नारायणस्थानमा रहेको बलेवा विमानस्थल नजिकै अवतरण गरिएको पाइलट आकाश क्षेत्रीले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *