भर्खरै :

नेपालको वैदेशिक व्यापारः किन्ने १०० रुपैयाँको, बेच्ने ६ रुपैयाँको

रामकाजी खाइजू
पछिल्लो समय नेपालले विश्व बजारबाट एक सय रुपैयाँ बराबरको माल वस्तु किन्दा ६ रुपैयाँ बराबरको मात्र बेच्न सकेको छ । यसले देशको वैदेशिक व्यापारको स्थिति कति भयावह बन्दै गएको छ भन्ने देखाउँछ ।
हालैमात्र नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०७५÷७६ को पहिलो ६ महिनाको देशको वैदेशिक व्यापारको तथ्याड्ढ सार्वजनिक ग¥यो । तथ्याड्ढअनुसार सो अवधिमा देशको कुल वस्तु निर्यात १०.३ प्रतिशतले वृद्धि भई रु.४५ अर्ब ४१ करोड पुगेको छ भने कुल वस्तु आयात ३०.५ प्रतिशतले बढेर रु.७२३ अर्ब ९४ करोड पुगेको छ । यसले देशको आयात निर्यात वृद्धिको तेब्बर दरले बढिरहेको देखाउँछ ।
कुल वस्तु व्यापार घाटा ३२.१ प्रतिशतले विस्तार भई रु. ६७८ अर्ब ५३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यात १३.५ प्रतिशतले, आयात १९.४ प्रतिशतले र व्यापार घाटा १९.९ प्रतिशतले वृद्धि भएको थियो ।
बेच्ने सामानको मूल्यको भन्दा १६ गुणा बढी मूल्यको सामान किन्नु पर्दा निर्यात–आयात अनुपात ६.३ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ७.४ प्रतिशत रहेको थियो ।
नेपालको वैदेशिक व्यापार तथ्याङ्कलाई पहिले भारत र अन्य मुलुक समूहमा प्रस्तुत गर्ने गरिएकोमा पछिल्लो समयमा भारत, चीन र अन्य मुलुक समूहमा प्रस्तुत गर्ने गरिएको छ । सोही आधारमा समीक्षा अवधिमा भारततर्फ १८.४ प्रतिशत र अन्य मुलुकतर्फ २.७ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ २९.५ प्रतिशतले कमी आएको छ । वस्तु आयात भने भारतबाट २८.७ प्रतिशत, चीनबाट ४२.९ प्रतिशत र अन्य मुलुकबाट २८.४ प्रतिशतले बढेको छ ।
नेपालको कुल निर्यातमध्ये ६०.६ प्रतिशत निर्यात भारतमा हुन्छ भने २.४ प्रतिशत चीनमा र बाँकी ३७ प्रतिशत अन्य मुलुकहरूमा हुन्छ । यसै गरी कुल आयातको ६४.४ प्रतिशत भारतबाट, १४.६ प्रतिशत चीनबाट र बाँकी २१ प्रतिशत अन्य मुलुकहरूबाट हुने गरेको छ ।
समीक्षा अवधिमा रु. १ अर्ब बढीको निर्यात हुने वस्तुको सङ्ख्यामात्र १० रहेको छ । यसमा रु. ३ अर्ब ६० करोड ७८ लाखको ऊनी गलैंचा, रु.२ अर्ब ८६ करोड १६ लाखको पोलिष्टर यार्न, रु. २ अर्ब ३९ करोड १५ लाखको जुटको बोरा, रु. २ अर्ब १२ करोड ४० लाखको जस्तापाता, रु. २ अर्ब ९ करोड ९४ लाखको तयारी पोशाक, रु. २ अर्ब ३ करोड ६७ लाखको जुस, रु. १ अर्ब ७२ करोड १६ लाखकोे कपडा, रु. १ अर्ब ५३ करोड ४० लाखको अलैची, रु. १ अर्ब २३ करोड १४ लाखको पश्मिना र रु. १ अर्ब ३ करोड ६८ लाखको तार पर्दछन् ।
आयाततर्फ भने १२ थरीका वस्तुको आयात रु. १० अर्बभन्दा बढीको भएको छ । समीक्षा अवधिमा रु. १ खर्ब ३ अर्ब २३ करोड २७ लाखको पेट्रोलियम पदार्थ, रु. ५५ अर्ब ९३ लाख ९९ लाखको सवारी साधन तथा पार्टपुर्जा, रु. ३८ अर्ब ६४ करोड ९४ लाखको एम.एस. बिलेट (फलाम), रु. ३६ अर्ब ६० करोड ७१ लाखको अन्य मेशिनरी तथा पार्टपूर्जा, रु. १९ अर्ब ९२ करोडको विद्युतीय उपकरण तथा सामग्री, रु. १८ अर्ब ४३ करोड ५४ लाखको हवाईजहाज तथा पार्टपुर्जा, रु. १८ अर्ब २४ करोड ३३ लाखको औषधि, रु. १७ अर्ब ४२ करोड २५ लाखको सुन, रु. १७ अर्ब १९ करोड ६४ लाखको तयारी पोशाक, रु. १६ अर्ब ९९ करोड ३१ लाखको चामल, रु. १३ अर्ब ४२ करोड ३३ लाखको दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा र रु. १० अर्ब ८२ करोड ४ लाखको हट रोल्ड सिट इनक्वाइल (फलामको पाता) आयात भएको छ । सिमेन्टमात्र रु. ९ अर्ब ५३ करोड ४५ लाखको र रु. ८ अर्ब २२ करोड ७४ लाखको मात्र तरकारी आयात भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *