यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
काठमाडौं, ६ फागुन । आगामी चैत १६ गते हुने नेपाल बार एशोसियसन, केन्द्रीय कार्य समितिको निर्वाचनको लागि कानुन अध्ययन समाज नेपालले पनि उम्मेदवारी दर्ता गरेको छ ।
कानुन अध्ययन समाज नेपालको तर्फबाट अध्यक्ष पदमा अधिवक्ता रामप्रसाद प्रजापति र महिला सदस्य (खुला) तर्फ अधिवक्ता अनिता जधारीको उम्मेदवारी परेको छ । कानुन अध्ययन समाजले नेबाए निर्वाचनमा तोकेको चर्को उम्मेदवारी शुल्कको विरोध एवम् भत्र्सना गर्दै आएको छ ।
कानुन अध्ययन समाजले न्यायालयमा देखिएको विकृति विसङ्गतिको अन्त्य गर्न, कानुन व्यवसायीहरूको हित र दक्षता वृद्धिका लागि नेबाएले कुनै कार्यक्रम गर्न नसकेको, नेबाएलाई बलियो बनाउनुको सट्टा विभाजन ल्याई कमजोर बनाएको, विभिन्न पद र न्यायाधीशसमेतको भागबण्डामा नेबाए आफै सहभागी हुने या मूकदर्शक हुने, न्यायालयमा विचौलियाहरूको प्रभावको अन्त्य गर्न कुनै पहल नगरिएकोमा निरन्तर विरोध गर्दै आएको छ ।
तिनै कुराहरूको चिरफार तथा खबरदारी गर्न नै कानुन अध्ययन समाज नेपालले उम्मेदवारी दिएको बताइएको छ ।
Leave a Reply