यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भद्रपुर, ७ फागुन । मानव बेचबिखनको जोखिममा परेका १७९ नेपालीलाई उत्तरपूर्वी भारतको मणिपुरबाट उद्धार गरी मङ्गलबार नेपाल ल्याइएको छ । तीमध्ये १४७ महिला र ३२ पुरुष छन् ।
माइती नेपाल र नेपाल सरकारको पहलमा मणिपुरको राजधानी इम्फालबाट उद्धार गरी ल्याइएका उनीहरूलाई मङ्गलबारै काठमाडौं लगिने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसालले बताउनुभयो । उनीहरू चढेको छ भारतीय बस मङ्गलबार बिहान ९ बजे पूर्वीनाका काँकडभिट्टाबाट नेपाल आइपुगेको हो ।
मेची भन्सार परिसरमा ६ वटा नेपालका बसमा स्थानान्तरण गरी उनीहरूलाई काठमाडौं पठाइएको छ । नेपालको विभिन्न नाकाबाट मणिपुर पु¥याइएका उनीहरूलाई मानव तस्करीमा संलग्न दलालले अवैध रूपमा म्यान्माको बाटो हुँदै इराक र संयुक्त अरब इमिरेट्स लैजान लागेको अवस्थामा उद्धार गरिएको माइती नेपालका अध्यक्ष विश्वराम खड्काले बताउनुभयो ।
उद्धार गरिएकामध्ये कतिपय बाटोमा बिरामी परेको र धेरैजसो तनावमा रहेको बताउँदै उहाँले उनीहरूलाई काठमाडौं लगेर पुनःस्थापनागृहमा राखिने जानकारी दिनुभयो ।
“उहाँहरू असाध्य थकित र तनावमा हुनुहुन्छ, कतिपयसँग दलालले रु. चार÷पाँच लाखका दरले पैसासमेत असुलेको रहेछ”, उपसचिव भुुसालले भन्नुभयो ।”
प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल उद्धार गरिएका नेपालीलाई काठमाडौं पठाउने व्यवस्था मिलाउनका लागि बिहानैदेखि पूर्वी नाका काँकडभिट्टामा खटिनुभएको थियो ।
ती नेपालीलाई इराक र यूएइ लैजाने गिरोहमा संलग्न भएको आशङ्कामा नौ जनालाई मणिपुर प्रहरीले पक्राउ गरेर नियन्त्रणमा लिइएको माइती नेपालका अध्यक्ष खड्काले जानकारी दिनुभयो ।
उद्धार कार्यमा भारतस्थित नेपाली दूतावास, भारतीय महिला आयोग, मणिपुरको प्रान्तीय सरकार र त्यहाँको प्रहरीले सघाएको बताइएको छ । मणिपुर प्रान्तका मुख्यमन्त्री एन वीरेन सिंह मणिपुरमा उद्धार गरिएका नेपालीलाई नेपाल पठाउन आफै उपस्थित हुनुभएको उहाँले जानकारी दिनुभयो ।
उद्धार गरिएका नेपालीलाई सीपमूलक तालिम प्रदान गरेर उचित रोजगारीको अवसर प्रदान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराइने अध्यक्ष खड्काले बताउनुभयो ।
Leave a Reply