नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
वाशिङ्टन, १९ फेब्रुअरी । संरा अमेरिकाले प्रजग कोरियासँग आपसमा सम्पर्क अधिकारी राख्न प्रस्ताव अघि सारेको छ । दुई देशबीचको कूटनीतिक सम्बन्ध विस्तारतर्फको पाइलाको रुपमा प्योङयाङ र वाशिङ्टनबीच आपसमा सम्पर्क अधिकारी आदानप्रदान गर्ने विषयमा गम्भीरतापूर्वक कुराकानी गरिरहेको संरा अमेरिकाका केही मिडियाले खुलाएका हुन् ।
अमेरिकी उच्च कूटनीतिक स्रोतका अनुसार यदि यो विषयमा सहमति भए प्योङयाङमा संरा अमेरिकाका केही सम्पर्क अधिकारीहरूमा बस्नेछन् । उनीहरूको नेतृत्व परराष्ट्र सेवाका एक जना वरिष्ठ अधिकारीले गर्नेछन् । सो अधिकारीले कोरिया भाषा जानेका हुनेछन् ।
गएको साता एक अन्तर्वार्तामा संरा अमेरिकी विदेश सचिव माइक पोम्पेओले फेब्रुअरीको अन्त्यमा भियतनामको राजधानी हनोईमा हुने प्रजग कोरियाली नेता किम जङ उन र संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको दोस्रो भेटवार्ताको तयारीको लागि संरा अमेरिकाको एउटा टोली एसिया जान लागेको बताएका थिए ।
Leave a Reply