भर्खरै :

मस्कोले भेनेजुयलामा मानवीय सहायता पठाउँदै

मस्को, १९ फेब्रुअरी । रुसले भेनेजुयलामा मानवीय सहायता पठाउने भएको छ । रुसका स्थानीय सञ्चारमाध्यमले भेनेजुयाली राष्ट्रपति निकोलस माडुरोको भनाइ उद्धृत गर्दै रुसले भेनेजुयलालाई ३ सय टन मानवीय सहायता पठाउन लागेको खुलाएका छन् ।
“हामी हरेक दिन मानवीय सहायता प्राप्त गरिरहेका छौँ ।” भेनेजुयलाका वैज्ञानिकहरूसँगको एक बैठकमा माडुरोले बोलेको भनाइ उद्धृत गर्दै स्पुटनिक समाचार संस्थाले लेखेको छ ।
रुसले मानवीय सहायता काराकसस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पु¥याउने माडुरोले खुलाएका छन् ।
रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखोरोभाले बिहीबार भेनेजुयलाको सङ्कट समाधान गर्न आफूले मध्यस्थताको भूमिका खेल्न तयार भएको बताएकी थिइन् ।
“रुस भेनेजुयलाको विषयमा सम्पर्कलाई अझ बिस्तार गर्न चाहन्छ”, उनले भनिन् । गएको जनवरी २३ मा भेनेजुयलाको राष्ट्रिय सभाका अध्यक्ष हुवाँ गुइएडोले संरा अमेरिकालगायत केही देशको सहयोगमा आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि भेनेजुयला राजनीतिक समस्यामा पर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *