अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
भक्तपुर, ८ फागुन । ख्वप्रिङ इङ्गलिश एकेडेमी (सेकेण्डरी) १८ वर्ष पूरा भई १९ औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रममा विभिन्न प्रतियोगिताका विजयी विद्यार्थीलाई बुधबार पुरस्कार वितरण गरियो ।
बुधबार आयोजित समारोहमा त्रिवि शिक्षा सङ्कायका पूर्वडिन पृथुचरण वैद्यले विद्यालयहरूले शैक्षिक क्रियाकलापहरूसँगै विभिन्न गतिविधिहरू सञ्चालन गर्नुपर्ने र विद्यार्थीहरूले विद्यालय जीवनमा धेरैभन्दा धेरै कुराहरू सिक्नुपर्ने बताउनुभयो ।
नेक्राशिसङ्घका केन्द्रीय अध्यक्ष एवम् शिक्षक ज्ञानसागर प्रजापतिले २०४६ को जनआन्दोलनमा फागुन ८ गतेका दिन भक्तपुरका सपुतहरूले सहादत प्राप्त गरेका कारण आजको दिन महत्वपूर्ण रहेको बताउँदै सोही ऐतिहासिक दिनको स्मरण गर्दै विद्यालय स्थापना हुनु खुसीको कुरा रहेको बताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद प्रजापति, प्रिन्सिपल विनोद प्रजापति र विद्यालयका प्रबन्धक कृष्णसुन्दर प्रजापतिले पनि बोल्नुभएको थियो ।
‘१९ औं स्थापना दिवस’ कै अवसरमा बुधबार नै विद्यालय प्राङ्गण तथा विद्यालय क्षेत्र वरपर वडा नं. ८ का वडा अध्यक्ष महेन्द्र खायमलीको प्रमुख आतिथ्यमा वृक्षरोपन कार्यक्रम सम्पन्न गरियो । त्यस्तै भक्तपुर नगरपालिका वडा नं. ९ अवस्थित वाकुपतिनारायणस्थान र गरुड कुण्ड क्षेत्रको पनि सरसफाइ कार्य गरियो ।
१९ औं विद्यालय स्थापना दिवसको अवसरमा फागुन ५ गते जिल्लास्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको थियो ।
सो प्रतियोगितामा वागीश्वरी उमावि प्रथम, ख्वप्रिङ इङ्गलिश एकेडेमी द्वितीय तथा प्रभात उमावि तृतीय हुन सफल भएका थिए । त्यस्तै फागुन ६ गते आयोजित जिल्लास्तरीय अन्तरविद्यालय निबन्ध लेखन प्रतियोगितामा जेसिस सेकेण्डरी स्कूलका शुभेच्छा झा प्रथम, वागीश्वरी उमाविका ललिता थापा द्वितीय तथा ख्वप्रिङ इङ्गलिश एकेडेमीका लुनिभा सैंजू तृतीय हुन सफल भएका थिए । फागुन ७ गते आयोजित भक्तपुर नगरव्यापी अन्तरविद्यालय कसिमला पाँय प्रतियोगितामा लिशा सेकेण्डरी स्कूलका सोनाम प्रजापति प्रथम, प्रभात उमाविका स्वर्णिम दुवाल द्वितीय र शारदा माविका इस्लामुन इशा तृतीय स्थान हासिल गर्न सफल भएका थिए । विद्यालय स्थापना दिवसकै अवसरमा Inter House Dance Competition /Inter House Singing Competition आयोजना गरिएको थियो । सो प्रतियोगितामा सिनियरतर्फ रेड हाउस प्रथम र व्लू हाउस द्वितीय तथा जुनियर समूहतर्फ ग्रीन हाउस प्रथम र एल्लो हाउस द्वितीय हुन सफल भएका थिए ।
Leave a Reply