पुरानोको सुस्केरा र नयाँको ताईफुई
- असार १२, २०८३
काठमाडौँ, ८ फागुन । ललितपुर महानगरपालिकाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी प्रतिष्ठान एवम् अध्ययन केन्द्र स्थापना गर्ने भएको छ ।
विसं २०७६ वैशाख ३० देखि एक वर्षसम्म मनाउने कार्यक्रम सार्वजनिक गर्न महानगरले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । जोशी विसं २०७६ वैशाख ३० गते ९९ वर्ष पूरा भई १०० वर्षमा प्रवेश गर्दै हुनुहुन्छ । उक्त अध्ययन केन्द्र स्थापनाले जोशीका बारेमा अध्ययन गर्न चाहनेलाई सहयोग पुग्ने महानगरका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो ।
पत्रकार सम्मेलनमा जानकारी दिइएअनुसार महानगरभित्रका उपयुक्त स्थानमा प्रतिमासहितको जोशीको नाममा पार्क निर्माण गरिनेछ । महानगरपालिकाभित्रको उपयुक्त बाटोलाई जोशीको नाममा नामकरण गरिनेछ ।
जोशीलाई गोसाइँकुण्ड (सिलु) दर्शनका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय गरिएको कार्यसम्पादन समितिका संयोजक एवम् वडा नं ३ का अध्यक्ष गोपाल महर्जनले बताउनुभयो ।
यसैगरी वाङ्मय क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वलाई ‘वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी सम्मान पदक’ प्रदान गर्ने बताइएको छ ।
यसैगरी सत्यमोहन जोशी भाषा र तस्वीर अङ्कित हुलाक टिकट प्रकाशन र स्वर्णमुद्रा निष्काशन गर्ने निर्णय भएको सम्मेलनमा जानकारी दिइयो ।
यसैगरी सत्यमोहन जोशीका बारेमा विशेष स्मारिका प्रकाशन र उहाँको दिनचर्या समेटेर श्रव्यदृश्य सामग्री तयार पारिनेछ । पाटन सङ्ग्रहालयभित्र रहेको भण्डारखाल बगैंचालाई सुन्दर एवम् व्यवस्थित बनाउन जोशीबाट उद्घाटन गरी शिलान्यास गर्ने योजना रहेको बताइएको छ ।
यसैगरी जन्म शताब्दी महोत्सवको पहिलो दिन २०७६ वैशाख ३० गते जोशीलाई नगर परिक्रमा गराउने जानकारी दिइयो । प्रमुख महर्जनले राष्ट्रका लागि योगदान गर्ने व्यक्ति सम्मान गर्न यो एक वर्षभरि नै कार्यक्रम मनाउने निर्णय गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “ज्यूँदोमा सम्मान गर्नुपर्छ भनेर यसको थालनी गरेको हुँ ।” ज्यूँदो छँदा वास्ता नगर्ने मृत्युपछि सम्मान गर्ने परम्परालाई तोड्न शतवार्षिकी कार्यक्रम गरिएको बताउनुभयो ।
महानगरले यसअघि नै जोशीको दिनचर्या र जीवनयापनलाई सहज बनाउन सवारीधान, ड्रात्र, गार्ड, मोबाइल फोनलगायत प्रदान गरेको छ । जोशीको शतवार्षिकी कार्यक्रम मनाउन महानगरका प्रमुख चिरीबाबु महर्जनको संयोजकत्वमा १११ सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिको बैठकले एक वर्षभरि मनाउने कार्यक्रम छलफल गरी निर्णय गरेको थियो ।
Leave a Reply