सङ्कटग्रस्त क्युवामाथि थप नयाँ अमेरिकी प्रतिबन्ध
- जेष्ठ २२, २०८३
लण्डन, २२ फेब्रुअरी । विश्व सर्वहारा वर्गका गुरु कार्लमाक्र्सको लण्डन हाइगेटस्थित समाधिमा दोस्रोपटक हमला भएको छ । गएको फागुन ४ गते शनिबार माक्र्सको समाधिमा बा¥ह दिनभित्र दोस्रोपटक हमला भएको हो । शनिबार माक्र्सको समाधिमा हमलाकारीले ‘घृणाको चिन्तन’ र ‘नरसंहारका वास्तुकार’ जस्ता गाली पोतेका थिए । गएको माघ २१ गते माक्र्सको चिहानमा हमलाकारीले हथौडा प्रयोग गरी तोडफोड गरेका थिए ।
पछिल्लो हमलापछि सो घटनाको भत्र्सना गर्दै गएको फागुन ५ गते सयौं मानिस माक्र्सको समाधि छेउ भेला भएका थिए ।
कार्यक्रममा योङ्ग कम्युनिष्ट लिगका सदस्य, माक्र्स स्मृति पुस्तकालयका पदाधिकारीका साथै लण्डनका बासिन्दाको सहभागिता थियो ।
कुर्दिस, चिनियाँ, भारतीय र अन्य विभिन्न समुदायका मानिसले पनि हमलाकारीमाथि भत्र्सना गर्दै माक्र्सप्रति सम्मान व्यक्त गरे ।
कार्यक्रममा देमर अरिफ बेतसले समाधिको सुरक्षामा देखिएको उदासिनताप्रति आक्रोश पोखे ।
माक्र्स स्मृति पुस्तकालयका एलेक्स गोर्डनले सो हमलाका कारण रुष्ट युवा कम्युनिष्टहरू फासीवादविरोधी सङ्घर्षमा अझ प्रतिबद्ध भएर लाग्ने बताए । ब्रिटिस म्युजियमका प्रेस अफिसर म्याक्सवेल वोल्डफिल्डले समाधीमाथिको हमलाप्रति आश्चर्य व्यक्त गर्दै सो घटना लज्जास्पद भएको बताए ।
माक्र्सप्रति सम्मान व्यक्त गर्न भेला भएका केही सय मानिसमाथि लण्डन प्रहरी हस्तक्षेप गर्ने प्रयास भएको थियो । तर, कसैको गिरफ्तार भने नगरिएको बेलायतबाट प्रकाशित हुने समाजवादी पत्रिका द मर्निङ स्टारले जनाएको छ ।
Leave a Reply