भर्खरै :

ओली सरकारलाई प्रश्न : दुईतिहाइ मत छ, काम किन भएन ?

काठमाडौँ, १० फागुन । “एमाले र माओवादीको वर्तमान ओली सरकारको सङ्घमा दुईतिहाइ मत छ भने सात प्रदेशमध्ये ६ वटा प्रदेशमा पनि दुईतिहाइ मत छ । यी सरकारले द्रुत विकास गर्नसक्छन्, कसैबाट रोकिने स्थिति छैन तर भइरहेको छैन ।”
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा उक्त विचार राख्नुभएको हो ।
उहाँले टिचि· अस्पतालको गेटमै मोलमोलाइ गरी निजीमा पढाइने दृष्टान्त पेश गर्दै चावहिल–जोरपाटी–साँखु सडक क्षतविक्षत अवस्थामा रहेको, ठेक्का पाएको ३ वर्षमा १२.५ किलोमिटर सडक नबनेको उल्लेख गर्नुभयो ।
सांसद सुवालले झापाको समाचार वैदेशिक रोजगारीको पीडा, एउटाको शव नआउँदै अर्काे विदेशिन तयार रहेको उल्लेख गर्दै संखुवासभाको भोटेखोला गाउँपालिकामा सडक छैन, रु. ४० लाखको गाडी सदरमुकाममै राखिएको बताउनुभयो ।
उहाँले काठमाडौँ महानगरपालिकाको फोहरमैला व्यवस्थापन स्थल सिसडोलको अनुगमन डेढ लाख खाजामा खर्च भएको दृष्टान्त पेश गर्दै प्रम केपी ओलीलाई संसदमा स्पष्ट गराउने व्यवस्था गर्न सभामुख कृष्णबहादुर महरासँग आग्रह गर्नुभयो ।
मेलम्ची खानेपानी आयोजनाबारे मन्त्री वीणा थापामगरसँग जिज्ञासा राख्दै देशको सन्तुलित विकास गरिएको भए खर्बौँ रुपैयाँ रकमको मेलम्ची खानेपानी आयोजना आवश्यक नहुने उल्लेख गर्नुभयो ।
उहाँले सरकारको चार आर्थिक ११ वर्षमा यो आवभित्र र दशैंपछि मेलम्चीको खानेपानी काठमाडौँमा आउने उल्लेख भएको तर नआएको चर्चा गर्दै यस्तो किन हुन्छ मन्त्रीसँग जिज्ञासा राख्नुभयो ।
सांसद सुवालले काठमाडौं उपत्यका वरिपरिका खानेपानी स्रोत र वनजङ्गललाई जलाधार क्षेत्र घोषणा गरिए पनि तत्काललाई खानेपानी अभाव पूर्ति हुनेतर्फ सरकारको ध्यान नगएको बारे जिज्ञासा राख्नुभयो ।
मन्त्री थापामगरले देशको सन्तुलित विकास गर्नुपर्नेबारे कुनै प्रतिक्रिया दिनुभएन भने काठमाडौँ उपत्यका वरिपरिको खानेपानी स्रोतलाई जलाधार क्षेत्र घोषणा गरी संरक्षण गर्ने बताउनुभयो ।
बैठकमा सूचना प्रविधि विधेयक २०७५ बारे सैद्धान्तिक छलफल भयो । सङ्घीय निजामती विधेयक २०७५ दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयो ।
अर्को बैठक फागुन १४ गते ११ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *