‘विदेशी पुँजीले नेपालीको पुँजीलाई खाने खतरा छ’
- पुष १६, २०८२
काठमाडौं, १० फागनु । सेन्ट्रल फाइनान्स लिमिटेडले महिन्द्रा कम्पनीको हलका व्यवसायिक सवारी साधनमा लगानी गर्ने भएको छ । सो सम्बन्धमा दुगड ब्रदर्स एण्ड सन्स प्रा.लि.सँग सम्झौता सम्पन्न भएको छ ।
सम्झौतामा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रजोजमान श्रेष्ठ र दुगड ब्रदर्स एण्ड सन्स्को तर्फबाट उपाध्यक्ष विवेक दुगडले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार दुगड ब्रदर्स एण्ड सन्स प्रा.लि.ले बिक्री गर्ने हलुका व्यवसायिक सवारी साधन ःब्ह्ह्क्ष्ःइरक्ग्एच्इरव्भ्भ्त्इ मा उक्त प्रा.लि.ले सिफारिस गरेअुनसार फाइनान्सले रित पु¥याई ७० प्रतिशतसम्म कर्जा लगानी गर्नेछ ।
लगानीपश्चात् असुलीमा कुनै समस्या आएमा बिक्रेता संस्था दुगड ब्रदर्स एण्ड सन्स्ले समेत सघाउनुपर्ने सम्झौतामा उल्लेख छ । सेवाग्राहीका साथै संस्थाको हितलाई मध्यनजर गरी सम्झौता गरिएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रजोजमान श्रेष्ठले जानकारी दिए ।
संस्थाको यो लगानीबाट मेहनती व्यक्तिले उक्त हलुका व्यवसायिक सवारीसाधन सञ्चालन गरी उनीहरूको समृद्धिमा टेवा पुग्ने विश्वास प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको छ ।
ललितपुरको कुपण्डोलमा केन्द्रीय कार्यालय रहेको यस संस्थाको काठमाडौंको चावहिल, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल, भक्तपुरको च्याम्हसिंह महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाट र बाराको सिमरामा शाखा रहेको छ । साथै सिन्धुलीको भिमानमा फागुन महिनाबाटै थप एक नयाँ शाखा सञ्चालन हुने भएको छ । हाल संस्थाका चुक्ता पुँजी ८२ करोड ३४ लाख, निक्षेप रु. ३ अर्ब ८ करोड ५९ लाख र कर्जा लगानी रु. २ अर्ब ९३ करोड ९२ लाख रहेको छ ।
Leave a Reply