तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काभ्रे, ९ फागुन । नगरकोटा मण्डन देउपुर वडा नं १ का नेमकिपा युवा कार्यकर्ताहरूको एक भेला गरी नेमकिपाको ३० औँ केन्द्रीय परिषदको सन्देश कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपा काभ्रेका सल्लाहकार नारायणबहादुर दुवालले चीनले आफू पनि अगाडि बढ्ने र अरु देशलाई पनि सँगै अगाडि बढाउने नीति लिँदै एक क्षेत्र एक मार्ग को अभियान चलाउनुका साथै आर्थिक रुपमा संरा अमेरिकालाई पछाडि पर्न लागेको कारण चीनसँग व्यापार युद्ध थालेको हो भन्नुभयो । उहाँले भन्नुभयो – साम्राज्यवादी देश संरा अमेरिकाले प्रजग कोरिया, क्युवामाथि ६० वर्षभन्दा अगाडिदेखि नाकाबन्दी लगाइ मानवताविरोधी कार्य गरेको र हाल भेनेजुयलाको सरकारले प्रगतिशिल कार्य गर्दै गरेकोले त्यस देशमाथिमा रहने कथपुतली सरकार गठन गर्न विपक्षीलाई उक्साइरहेको छ ।
नेमकिपा काभ्रेका के.बी. तामाङले नेपालको संविधानअनुसार जन्मको आधारमा विदेशीले समेत नेपाली नागरिकता पाएको हुँदा छानबिन गरी हटाउन पर्दछ भन्नुभयो ।
कार्यक्रममा नेक्राविसङ्घ काभ्रेका अध्यक्ष पितमबहादुर तामाङ, सुमन तामाङ र सुनिल तामाङले पनि बोल्नुभएको थियो ।
Leave a Reply