भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
सुस्मा बाटा
नेपालको मध्यतिरको उत्तरी भेगमा गण्डकी अञ्चलको कास्की जिल्लामा अवस्थित घान्दु्रक एक पर्यटकीय क्षेत्र हो । पैदल यात्राको लागि अति उपयुक्त मानिने घान्दु्रक गाउँ प्राकृतिक रुपले सौन्दर्यपूर्ण छ । पोखराबाट उत्तर ह्याङजा, फेदी, नौडाँडा, लुम्ले हँुदै नयाँपुलबाट पैदल यात्रा सुरु गर्न सकिन्छ । मोदी खोलामाथिको पुल र ठाउँलाई नयाँपुल भनिँदोरहेछ । घान्दु्रकको लागि खिम्ची बजारसम्म यातायातको साधन पुग्ने बाटो छ । यात्रीहरू कोही खिम्ची बजारबाट पैदल यात्रा सुरु गर्छन् भने कोही तल नयाँपुलबाटै यात्रा सुरु गर्छन् । नयाँपुलबाट पैदल जाँदा करिब ५, ६ घण्टा लाग्ने बाटो खिम्चीबाट पैदल सुरु गर्दा करिब २ घण्टा समय लाग्छ । पोखराबाट गएका यात्रीहरू कोही नयाँपुलमा खानाको लागि बस्छन् भने कोही खिम्चीमा खाना खान्छन् । गुरुङ तथा मगर बस्ती भएको खिम्ची बजारमा खानाको लागि उपयुक्त होटलहरू पाइन्छ ।
नयाँ पुलबाट पैदलयात्रा सुरु गरे पनि घान्दुृ्रकको लागि खास पैदल यात्रा खिम्चीबाट सुरु हुन्छ । खिम्चीबाट पैदल यात्रा सुरु गरेपछि घान्दु्रकसम्मै चट्टानका पाताहरूले छापिएका सिँढीहरू छन् । ढुङ्गाको सिँढीहरूमा हिँडिरहँदा थोरै गा¥हो भएको भए पनि रमाइलो अनुभव हुन्छ । एकापट्टि ठूलठूला चट्टानहरू, अर्कोतिर भिर, बीचमा ढुङ्गाको सिँढी बनाइएको छ । यस्तो लाग्छ, त्यो प्राकृतिक बनावट हो । नयाँ पुलपछि खिम्चीदेखि त्यो चट्टाने सिँढी अन्नपूर्ण बेसक्याम्पको लागि सहज बाटो मानिन्छ । खिम्चीदेखि करिब २ घण्टा पैदल उकालो उक्लेपछि माछापुच्छे«को फेदीमा रहेको सुन्दर गाउँ घान्दु्रक पुगिन्छ ।
गुरुङ बस्ती रहेको घान्दु्रकमा हरेक चिजबिजले गुरुङ संस्कृति र रीतिरिवाज झल्काउँछ । पुराना तरिकाका ढुङ्गाका घरहरूमा प्रायःजसो काठको बरन्डा बनाइएको छ । आँगनभरि विभिन्न थरीका फूलहरू फुलाएर सजाइएको, दलिनमा कलात्मक तरिकाले मकै सुकाइएको, च्याङग्राको सिङ मूल ढोकामा राखिएको, कमेरोले भित्ता लिपेर रातो माटोले घरको सतह लिपेको, घर आँगन ढुङ्गाले छापेको, यो घान्द्रुकको गुरुङ बस्तीको विशेषता हो । सधँै सफासुग्घर रहने त्यो गाउँ नेपालकै लागि नमुना गाउँ हो । सवारीसाधनको पहँुच कम भएको घान्दु्रकमा खच्चरलाई बोकाएर सामान ओसारपसार गरिन्छ । घान्दु्रकको प्रमुख आकर्षणको केन्द्र भनेको ६,९९३ मि. उचाइमा रहेको माछापुच्छे« हिमाल हो । साथै माछापुच्छे« हिमालको सिस्टर पिकको रुपमा रहेको अन्नपूर्ण तेस्रो, गंगापूर्ण, हिउँचुली हिमालले पनि सुनमा सुगन्ध थपेका छन् ।
पर्यटकहरूलाई गुरुङ संस्कृतिको जानकारी दिने अभिप्रायले त्यहाँका बासिन्दाहरूले पुरानो गुरुङ सङ्ग्रहालय (Old Gurung Museum)खोलेका छन् जसमा गुरुङ संस्कृतिसँग सम्बन्धित चिजबिजहरू सङ्ग्रहित छन् । जस्तै, गुरुङ भेषभूषा, गरगहना, पुराना तथा ऐतिहासिक माटाका भाँडाहरू, फलामका हातहतियार, स्थानीयले प्रयोग गर्ने हाते औजारहरू आदि । प्रायः बुद्धिष्ट धर्म मान्ने घान्दु्रकवासीहरू आफ्नो कला संस्कृतिप्रति अति सजग छन् ।
होमस्टेलाई घान्द्रुकवासीले आम्दानीको स्रोतको रुपमा अपनाएका छन् । स्थानीयहरूको गरिखाने मेसो बनेको छ होमस्टे । पर्यटकहरूको लागि ठाउँठाउँमा लजको व्यवस्था गरिएको पाइयो । घान्दु्रक पुग्ने हरेक आन्तरिक तथा बाह्य पर्यटकको बसाइ सहजताका लागि होमस्टेहरूमा आधुनिक सुविधाको पनि व्यवस्था गरिएको छ । साथै इन्टरनेटको पनि सुविधा रहेछ । खानेकुराको कुरा गर्दा त्यहीँको रीतिरिवाजअनुसारको खाना– कोदोको रोटी, ढिँडो आदि खान चाहेमा त्यो पनि उपलब्ध छ र सामान्य खाना पनि । त्यस्तै आगन्तुकको मनोरञ्जनको लागि साँझको समयमा लोकगीतमा गरिने नाचगान होमस्टेको अर्को रमाइलो पाटो हो । घान्दु्रक पुग्ने हरेक पाहुनालाई प्राकृतिक सौन्दर्यले मात्र नभई गुरुङ दाजुभाइ, दिदिबहिनीहरूको आत्मीय व्यवहारले पनि मन फुरुङ पार्छ । होमस्टेबाहेक कुनै कुनै परिवार तानमा कपडा बुन्ने काम पनि गर्छन् ।
स्थानीयको राम्रो सहभागिता र सहयोगको कारण घान्द्रुकका बिजुली, टेलिफोन र स्वास्थ्यको पनि राम्रो व्यवस्था छ । माछापुच्छ्रेको काखमा बसेको घान्दु्रकको सौन्दर्यताबाहेक भ्रमणको क्रममा मैले केही समस्याहरू पनि अनुभव गरेको छु । घान्दु्रकमा विद्यालयको राम्रो सुविधा नभएको भ्रमणकै क्रममा थाहा पाइयो । पारिका विद्यार्थीहरू दुई घण्टा हिँडेर विद्यालय पुग्नुपर्ने रहेछ र भएको विद्यालयमा पनि राम्रो पठनपाठनको व्यवस्था रहेनछ । टाढादेखि आउनुपर्ने भएको कारण विद्यार्थीहरू धेरै गयल हुने र राम्रो पढाइ हुन नसकेको कुरा त्यहाँका स्थानीयले बताए ।
होमस्टेले केही आर्थिक उपार्जन त ग¥यो, त्यहाँका स्थानीयलाई जीवन गुजारा गर्न केही सहज पनि बनायो । तर सम्पूर्णरुपले बेरोजगारी समस्यालाई हल गर्न सकेको देखिंँदैन । यसकारण युवा पुस्ता कोही रोजगारीको सिलसिलामा पोखरा, काठमाडौँ पुगेका छन् भने कोही वैदेशिक रोजगारीको लागि खाडी मुलुकतिर पनि गएको पाइयो । प्रकृतिले अनन्त सम्भावना दिएर पनि सरकारले त्यसको उचित व्यवस्थापन गर्न नसक्दा यसरी युवाहरु विदेश पलायन हुन बाध्य भएका छन् ।
अर्को जटिल समस्या भनेको भूमण्डलीय उष्णीकरण ९न्यिदब िध्बचmष्लन० हो । अव्यवस्थित सहरीकरण, सवारीसाधनको चाप र धुँवाधुलो, जथाभावी उद्योग तथा कलकारखाना विस्तारका कारण वातावरणको तापक्रम अस्वाभाविक रुपमा बढिरहेको छ । यस्तै असर घान्दु्रकमा पनि परेको छ । जसको कारण वर्षैपिच्छे हिउँ पर्ने ठाउँमा हाल करिब ६÷७ वर्षपछि बल्ल हिउँ परेको स्थानीयको भनाइ छ । त्यस्तै हिमालको हिउँ पनि पग्लेर पहाडमा कालो कालो टाटो देखिन थालेको छ ।
नेपाल सुन्दर देशहरूमध्येमा पर्दछ भन्ने कुरा हामीले सुन्दै आएका हौँ । सुन्दर हिमालदेखि लिएर जलस्रोतको अपार सम्भावना भएको नदीनालालगायत मनमोहक तालतलैया भएको आकर्षक देश हो । विभिन्न भाषाभाषी, जातजाति, कला, संस्कृतिले सुशोभित भूखण्ड हो । डाँडाकाँडामा जडीबुटीका भण्डार छन् । यसलाई सदुपयोग गर्न सकेको खण्डमा नेपालीले विदेशीको मुख ताक्नुपर्ने अवस्था आउँदैन । घान्दु्रकजस्ता सुन्दर ठाउँहरू नेपालमा धेरै छन् । हामीसँग भएको प्राकृतिक स्रोतहरूको राम्रोसँग उपयोग गर्न सकिएको खण्डमा स्वदेशमै रोजगार र अवसर सिर्जना गर्न सकिन्छ । घान्दु्रक र घान्द्रुकवासी एउटा उदाहरण हो । प्रगतिका अनगिन्ती उपाय छन् । कस्तुरीले आफ्नो नाभीमा भएको सुगन्ध चिन्न नसकेझैँ हामी नेपालीहरू भौँतारिएका छौँ । सरकार उखान टुक्कामै व्यस्त छ, विदेशी नेपाल लुट्न लालायित छन् । यसरी हाम्रो प्रगति हुन्न । यसर्थ सरकार अब उडन्ते कुरा गर्न छोडेर आफ्नो क्षमता पहिचान र विस्तार गर्नमा लाग्नुपर्दछ ।
Leave a Reply