भर्खरै :

रहनु भएन कृष्णदास श्रेष्ठ

तस्वीरः नरेश खत्री । कृष्णदास श्रेष्ठको निधनको झण्डै एक घण्टा अघि लिइएको तस्वीर
काठमाण्डौ, ११ फागुन । ‘कार्ल माक्र्सः व्यक्तित्व र कृतित्व’ लगायत नेपाली भाषामा माक्र्सवाद–लेनिनवादबारे थुपै्र आधारभूत पुस्तकका लेखक तथा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी(मालेमा)का अध्यक्ष कृष्णदास श्रेष्ठको शनिबार दिउ“सो १ः४० बजे उहाँको काठमाण्डौ, शंखमूलस्थित निवासमा निधन भएको छ ।
लामो समयदेखि श्वासप्रश्वाससम्बन्धि ब्रोन्काइटिस रोगबाट पीडित श्रेष्ठको ८७ वर्षको उमेरमा निधन भएको हो । महिना दिनअघि फोक्सो र पिसाबमा संक्रमणको समस्या भएपछि उहाँले थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भई उपचार गराउनुभएको थियो । नर्भिकबाट माघ २७ गते डिस्चार्ज हुनुभएको थियो ।
उहाँका कृतिको प्रकाशन र संरक्षण ‘कृष्णदास फाउन्डेसन’को नाममा भइरहेको छ । उहाँ हाल मोहन वैद्य नेतृत्वको पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *