भर्खरै :

विदेशी साहित्यको अध्ययनमा आलोचनात्मक दृष्टिकोणको विकास गरौँ

मुख्य परीक्षक ः के शोलोखोभ देशभक्तिपूर्ण युद्धको विरोधी थियो ?
परीक्षार्थी ः अँ, हो । यस सन्दर्भमा के कुरो प्रस्ट्याउन सकिन्छ भने ‘मानिसको भाग्य’ को चित्र निराशापूर्ण, डर र त्रासका दृश्यहरूले भरिएको छ । सोलोखोभजस्तो निर्देशकले मात्रै देशभक्तिपूर्ण लडाइँ कति डरलाग्दो थियो भनी देखाउनमा कुनै मौका गुमाउँदैन । तर, हामीलाई थाहा भएअनुसार त्यो युद्ध न्यायपूर्ण लडाइँ थियो । माक्र्सवाद–लेनिनवादले हामीलाई के सिकाउँछ भने जनताले चाहेका युद्धहरू न्यायपूर्ण युद्धहरू हुन्छन् र मात्र लुटाहा, आक्रमणकारी र अन्यायपूर्ण युद्धहरूको विरोध गरिनुपर्छ । देशभक्तिपूर्ण युद्धको विरोधमा आवाज उठाएर के सोलोखोभले सबै न्यायपूर्ण युद्धहरूको विरोध गरेको होइन ?
परीक्षक ः सोभियत जनताको त्यस युद्धमा ८० लाख जनताले ज्यान गुमाएका थिए । के तपाईं ती सबै बलिदान आवश्यक ठान्नुहुन्छ ? देशभक्तिपूर्ण युद्ध न्यायोचित युद्ध थियो । तर, त्यस युद्धबाट सोभियत जनताले ८० लाखभन्दा कम मानिसहरू गुमाउनु परेको थिएन भनी सम्झने कृपा गर्नुहोस् । झण्डै हरेकले आफ्नो नजिकका साथीहरूमध्ये कम्तीमा एकजना गुमाउनु परेको थियो ।
परीक्षार्थी ः तर सोभियत साथीहरू एकदम अर्कै किसिमले सोच्छन् भन्ने कुरा जानेकाले मलाई खुसी लागेको छ । सोभियत जनता गौरवपूर्वक भन्दछन् कि महान देशभक्तिपूर्ण युद्धको विजयले तिनीहरूको सोभियत मातृभूमिको स्वतन्त्रतालाई रक्षा ग¥यो । तिनीहरूको राष्ट्रिय इज्जतलाई उठायो र विश्वका जनताको क्रान्तिकारी सङ्घर्षहरूलाई बलियो सहारा दियो । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको इतिहासमा यसले सधैं अमर रहने किसिमको पानालाई थपिदियो ।
शोलोखोभले आफ्ना वर्णनहरूमा सोभियत कम्युनिष्टको चित्रलाई नराम्रोसँग उतारेको छ । कथामा देखाएको एउटामात्रै त्यो कम्युनिष्ट कम्युनिष्टजस्तो अलिकति पनि लाग्दैन । ऊ कामै नलाग्ने डरछेरुवा हो ।
परीक्षक ः एक डरछेरुवा ?
परीक्षार्थी ः अँ, हो । ऊ एक डरछेरुवा हो । एक राती युद्ध बन्दीहरू राखिएको चर्च (मन्दिर) मा एक गुप्तीले उपन्यासका पात्र सोकोलोभलाई एक कम्युनिष्ट भन्ने थाहा पाउँदाको घटनालाई हामीले सम्झे पुग्छ । म तिनीहरूको माझमा भएको छलफललाई भन्छु—
गुप्ती ः म तिमीसित बोल्दिनँ । तिनीलाई बोलिदिने म नै पहिलो हुनेछु ।
कम्युनिष्ट ः कामरेड, कृपया मलाई धोखा नदिनुहोला ।
गुप्ती ः तिम्रा कामरेडहरू अघिल्लो लामका पछाडि छन् । कुनै हालतमा पनि म तिम्रो कामरेड होइन ।
शत्रुको हातमा आफू सुम्पिएला भनेर त्यो कम्युनिष्ट यति झुक्छ कि गुप्तीलाई समेत कामरेड भन्छ र उसलाई धोखा नदिन नीचतापूर्वक प्रार्थना गर्छ । के उसमा कम्युनिष्ट भन्ने सुहाउने केही कुरो छ ? भनूँ जोया कस्मोदिमेन्सकायासँग मिल्ने कुनै चित्र यसमा छ ? के यो सोभियत कम्युनिष्टहरूको विरोधमा सिधै जाली फतुर होइन ?
परीक्षक ः तर, के पछि त्यस कम्युनिष्टले गुप्तीलाई मार्दैन ?
परीक्षार्थी ः हो, मार्छ ।
परीक्षक ः के त्यो बहादुरी होइन ?
परीक्षार्थी ः यसभन्दा पहिले, हामीले के हेर्नुपर्छ भने गुप्तीलाई के कुराले मार्न लगाउँछ, अनिमात्रै हामीले निश्चय गर्न सक्नेछौँ कि त्यो बहादुर हो या होइन । गुप्तीले उसलाई मार्ने निश्चय गरेको देखेरमात्रै उसको बिन्तीभाव केही नलाग्ने भएपछि त्यस कम्युनिष्टले उसलाई सिध्याउने निर्णय गर्छ । यदि गुप्तीले उसलाई धोखा दिने किरिया नखाएको भए उसले गुप्तीलाई मार्ने थिएन । यसरी त्यो कम्युनिष्ट आफू बच्ने प्रार्थना गर्दा पनि गुप्तीबाट बच्न नसक्ने भएपछि उसले त्यस गुप्तीलाई मार्छ । के यसलाई मृत्युसँग जोरी खोज्ने साहस भएका ती सोभियत कम्युनिष्टहरूको क्रान्तिकारी वीरतासँग कुनै किसिमले दाँज्न सकिन्छ ?
परीक्षक ः कुनै कम्युनिष्टले बेफ्वाकमा किन आफ्नो ज्यान गुमाउँछ ? के उसले एक लचिलो नीति लिनसक्दैन ?
परीक्षार्थी ः युद्धमा लचकपना सिद्धान्तमा आधारित हुनुपर्छ । के लेनिनले भन्नुभएको थिएन–सिद्धान्तहीन लचकपना साँचो लचक होइन, त्यो त झूटो हो ।
परीक्षक ः के तिमी कम्युनिष्टहरूको माझमा दुष्टहरू हुन्नन् भन्ठान्छौ ?
परीक्षार्थी ः निःसन्देह हुन्छन् । तैपनि के एक खास दृष्टिले कम्युनिष्टहरूको प्रतिनिधित्व गर्नसक्छ ? शोलोखोभले आफ्नो कथामा कम्युनिष्टलाई मात्र एक सा¥है चुठ्ठो कातरको रुपमा देखाएर पाठकहरूमा कस्तो प्रभाव पार्न खोजेको हो ? यसले के प्रस्ट हुन्छ भने ऊ पाठकहरूमा सोभियत कम्युनिष्टहरू शत्रु र मृत्युदेखि थरथर काप्थे र आफूलाई जोगाउन दयाको भिक्षा माग्थे भन्ने प्रभाव पार्न चाहन्छ । यो ऐतिहासिक सच्चाइको पूर्णरुपले झूटो तस्वीर हो ।
परीक्षक ः त्यो कम्युनिष्ट त्यस छोटो कथाको वीर पात्र होइन । सोकोलोभले जनताको प्रतिनिधित्व गरेको छ । तिमी किन वीर पात्रको चरित्रचित्रणको ठाउँमा सानो पात्र मन पराउँछौ ?
परीक्षार्थी ः हुन्छ लौ, अब हेरौं । त्यो जनताको प्रतीक भनाउँदो सोकोलोभ कस्तो किसिमको वीर रहेछ । ऊ युद्धबन्दी किल्लाको मुख्य नाइकेकहाँ डाकिन्छ र जर्मनी सेनाको विजयमा उसलाई रक्सी पिउन भनिन्छ, त्यही बेला । ऊ फकिन्न र शत्रुलाई सा¥है घृणा गर्छ, जो सोभियत जनताको प्रतीक देखिन्छ । ऊ “म मेरो सोभियत मातृभूमिको लागि पिउँछु” भन्न हुती राख्दैन, किनभने उसलाई थाहा थियो कि त्यसोभन्दा ऊ मारिन सक्थ्यो । यसकारण यतिमात्र भन्छ, “म मेरो मृत्युबाट यस दुःखकष्टबाट छुट्कारा पाउन सक्छु ।” यसरी ऊ आफ्नो ज्यान जोगाउने चाप्लुसी गर्छ र पछि एक नाजीले उसलाई “एक पाउरोटी र एक डल्लो बोसो दिंदा ऊ खुसीले कृतज्ञ हुन्छ । युद्धबन्दीहरूलाई खानै नदिई मारिरहेको एक नाजीबाट पाएको त्यस खाजालाई ऊ नाजीको कृपा सम्झन्छ । त्यो ‘जनताको प्रतीक’ उसले त्यस पाउरोटी अरुलाई बाँड्छ र आफूले पनि त्यसको एक टुक्रा हिस्सा लिन्छ । ऊ सानो पाउरोटीलाई बेस्सरी समात्छ, सोलोखोभको दृष्टिमा ती भोकाएका सबै सोभियत कैदीहरू जर्मनी फासिष्टहरूबाट प्राप्त भिक्षामा खुसी छन् आदि । तर कसैले कुरो बुझेको जस्तो हुन्न वा यो भन्ने साहस गर्दैन कि जर्मन रोटी तुच्छ भिक्षा हो । म मेरो जीवनदानको भिक्षा मागी लाजले मर्नुभन्दा बरु भोकै मरुँला, किनभने शत्रुले हामीलाई हेला गरिरहेछ ।”
सोभियत जनताका कति सर्वश्रेष्ठ छोरा–छोरीहरू र कति निडर सिपाहींहरू क्रान्तिकारी आदर्श र राष्ट्रिय इज्जतको निम्ति गौरवपूर्ण मृत्युबाट पछि सरेनन् । तर, नक्कली ‘जनताको प्रतीक’ त्यस सोकोलोभले सोभियत जनतामा भएको निडरतालाई अलिकति पनि देखाएन । अरु कैदीहरूले त्यस्तो भावना र बलिदान देखाएका छन् । उसले सोभियत जनताको प्रतीकलाई जानाजानै कुरुप पारेको छ अथवा त्यसबाट झूटो तस्वीर प्रस्तुत गरेको छ । लेखकको दृष्टिमा सोकोलोभ एक प्रशंसा गर्नलायकको वीर हो । मेरो विचारमा भने ऊ एक पूरै स्वार्थी हो, वीर त कुनै हालतमा होइन । यस कुरालाई बन्दुकको बलमा सोभियत जनताले बर्लिनलाई जितेर खुसी मनाइरहेको बेलाको भनाइहरूबाट प्रमाणित गर्न सकिन्छ । विजयको त्यो दिन सोकोलोभका विचारहरू कस्तो थियो ? उसले आफ्नो छोरो गुमाएकोमा ऊ निराश भएर भन्छ, “मैले आफ्नो अन्तिम सुख र आशालाई पनि त्यस पराइ जर्मन माटोमा गाडी दिएँ ।”
सोकोलोभको निम्ति उसको छोरो नै ‘उसको अन्तिम सुख र आशा थियो । यहाँ मैले ‘अन्तिम’ शब्दलाई देखाउनैपर्छ । यसले उसको छोरो गुम्नु नै सबै कुरो गुम्नु हो भन्ने अर्थ दिन्छ । त्यो गुमाइ मातृभूमिको मुक्ति, जनताको स्वतन्त्रता र फासिष्टहरूमाथिको विजयबाट पूरा हुनसकेन ।
सोकोलोभले “व्यक्तिगत सुख नै मुख्य हो” भन्ने व्यक्तिहरूको विशेष प्रतिनिधित्व गर्छ ।
परीक्षक ः तपाईंले सोकोलोभलाई मानवीय भावनाको हेराइबाट बुझ्नुपर्दैनथ्यो ? यदि तपाईंको छोरो म¥यो भने के तपार्इं सा¥है दुःखी हुनुहुन्न ?
परीक्षार्थी ः छोरा–छोरीको मृत्युले स्वभावतः आमाबाबुको चित्त दुख्छ । तर, तिनीहरू जनताको निम्ति मर्छन् भने त्यो मृत्यु पूजा गर्नलायकको हुन्छ र त्यसको निम्ति आमाबाबु गौरव अनुभव गर्छन् । यो सर्वहाराहरूको साँचो तस्वीर हो, सोकोलोभ त्यस्तो छैन । शोलोखोभले मानिसको भाग्यमा सोभियत राज्यलाई सा¥है मानवीय भावनारहित भनी चित्रण गर्नुमा कुनै कुरा बाँकी राखेन । सेनाबाट मुक्त भएपछि लेखकको प्रियपात्र वीर सोकोलोभले ट्रक हाँक्ने काम पाउँछ । एकदिन उसको ट्रकले एउटा गाईलाई ठक्कर दिन्छ र बाटो निरीक्षक (ट्राफिक इन्स्पेक्टर) ले त्यसको हाँक्ने प्रमाणपत्र (लाइसेन्स) खोस्छ । त्यसपछि ऊ कामको खोजीमा एक ठाउँबाट अर्को ठाउँमा भौतारी हिंड्छ । यसरी शोलोखोभले के यसो भन्न या देखाउन खोजेको हो ? “हेर सोभियत राज्यमा सोकोलोभजस्ता वीरहरूले एउटा सानो कसुरमा काम पाउँदैनन् अर्थात् काम दिइँदैन र उसलाई एक ठाउँबाट अर्को ठाउँमा उद्देश्यहीन भएर घुम्न कर लगाएको छ । कस्तो मानवीय भावना नभएको राज ।”
परीक्षक ः तिमीले किन सोभियत राज्यलाई निन्दा गरेको ? सोभियत राज्य के आधारमा मानवीय भावनारहित छ भनी तिमी देखाउन खोज्दैछौ ?
परीक्षार्थी ः सोभियत राज्यलाई मानवीय भावना नभएको भनी दोष लाउने शोलोखोभ हो म होइन । भन्नुस् त के कथामा सोकोलोभको हाँक्ने अनुमति पत्र खोस्ने यातायातको निरीक्षकले सोभियत राज्यको प्रतिनिधित्व गर्दैन ?
परीक्षक ः त्यो त स्थानीय प्रशासकको बिरामी थियो । एक व्यक्तिको बिरामीलाई तिमी किन सोभियत राज्यसित गाँस्छौ ?
परीक्षार्थी ः यो त मैले यहाँ भनिरहनु पर्दैन कि सोभियत राज्यलाई मानवीय भावना नभएको भनी देखाउने म होइन त्यो त शोलोखोभ हो । शोखोलोभले कथामा कामको खोजीको बेकारको एक घटना रचेर पाठकहरूलाई के भन्न खोजेको थियो ? त्यो सन्देश हो सोभियत राज्यका ती स्थानीय प्रशासकहरूले यो ‘वीर’ भनाउँदालाई जस्तै अरुलाई पनि जहाँ गए पनि अन्यायपूर्ण व्यवहार गर्छन् । शोलोखोभले पाठकहरूलाई २० वर्षसम्म स्तालिनको नेतृत्वमा रहेको सोभियत राज्य मानवीय भावना नभएको राज्य थियो भनेर सोभियत राज्यलाई होच्याउन खोजेको होइन र ?
अब म सोभियत साहित्यको विकासमा ‘मानिसको भाग्य’ नाउँ गरेको छोटो कथाको महत्वबारे केही भन्न चाहन्छु । यस रचनामा लेखक शोलोखोभले सोभियत साहित्यको माध्यमबाट पँुजीवादी मानवतावादको प्रचार गर्छ र माक्र्सवाद लेनिनवादको वर्गसङ्घर्षको सिद्धान्तको विरोधमा आवाज उठाउँछ ।
परीक्षक ः यहाँ पुँजीवादी मानवतावादको कुरा कसरी आउँछ ?
व्याख्या गरेर देखाउ कि तिमी यस निर्णयमा कसरी पुग्छौ ?
परीक्षार्थी ः माक्र्सवादी–लेनिनवादी सिद्धान्तअनुसार इतिहासले देखाउँछ कि युद्धहरू दुई किसिमका हुन्छन् । न्यायपूर्ण र अन्यायपूर्ण प्रगतिशील युद्धहरू सबै न्यायपूर्ण हुन्छन् र प्रगतिको विरोधका सबै युद्धहरू प्रगतिका बाधक हुन् र अन्यायपूर्ण हुन्छन् । हामी कम्युनिष्टहरू प्रगतिमा तगारो हाल्ने सबै अन्यायपूर्ण युद्धहरूको विरोध गर्दछौँ । तर, प्रगतिशील न्यायपूर्ण युद्धहरूको विरोध गर्दैनौँ । हामी न्यायपूर्ण युद्धहरूको विरोध नगर्नेमात्रै होइन, त्यसमा सक्रिय भाग पनि लिन्छौँ ।
पँुजीवादी मानवतावादीहरू पूरा भिन्नै दृष्टकोण लिन्छन् । तिनीहरू सबै किसिमका लडाइँको विरोध गर्छन् । तिनीहरू युद्धको जाँचबुझै नगरी न्यायपूर्ण लडाइँको पनि विरोध गर्छन् । सोलोखोभ तिनीहरूमध्येको एक हो । युद्धविरोधी नारा लगाएर उसले वास्तवमा महान सोभियत देशभक्तिपूर्ण युद्धजस्तो पवित्र युद्धलाई हमला गथ्र्यो । यो पूँजीवादी मानवतावाद होइन भने अरु के हो ?
यस आलोचनालाई एक साथीले १९६४ मै ‘पेकिङ्ग रिभ्यू’ बाट उल्था गरेका थिए । यस अनुवादलाई आवश्यक काँटछाँट गरिएको छ । शोलोखोभको “मानिसको भाग्य” भन्ने छोटो कथालाई आलोचना गर्ने परीक्षार्थी मस्कोमा पढ्ने एक चिनियाँ विद्यार्थी थिए ।
स्रोतः जनताको साहित्य
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *