भर्खरै :

पुँजीवादी पार्टीको रुपमा अघि बढ्दै नेकपा

झनकबहादुर
वर्तमान नेकपाको सरकार पहिलेको नेपाली काङ्ग्रेसको सरकार र पञ्चायत सरकारभन्दा के फरक छ ? सचेत जनता मूल्याङ्कन गर्दै छन् । जनताले केही फरक देखेका छैनन् । देशमा गरिबी पहिलाजस्तै छ । बेरोजगारी समस्या उस्तै छ । चेलीबेटी बेचबिखन बढेको छ । बलात्कारका घटना झन् बढेको छ । भ्रष्टाचार अझ बढेको छ । आसेपासे र आफन्तको निम्ति मात्र काम गर्ने प्रवित्ति उस्तै छ । अतः नेकपा एमाले ं नेकपा माओवादी केन्द्र . समाजवाद होइन । नेकपा एमाले ं नेकपा माओवादी केन्द्र . पुँजीवाद हो भनी बुझ्न सजिलो छ । नेकपा अब दाइ काङ्ग्रेसतिर लागेको छ । जनताको यो बुझाइ ठीक छ कि छैन समिक्षा गरौँ ! पुँजीवादी व्यवस्थामा भ्रष्टाचार छायाँकै रुपमा रहन्छ ।
वर्तमान सरकारका मन्त्री, नेता र कार्यकर्ताहरू भ्रष्टाचारमा बदनाम भइसकेका छन् । वाइडबडी हवाइजहाज खरिद, एनसेल पुँजीगत लाभकर, नेपाल टेलिकमको फोरजी सेवालगायतमा अर्बौं रुपैयाँ भ्रष्टाचार भयो । भनिन्छ, पुँजीवादमा अपराधीलाई संरक्षण गर्दछ । नेकपाको सरकारले बलात्कारी, मानव तस्करी, भ्रष्टाचारलगायतका जघन्य मानवताविरोधी अपराधका अपराधीलाई संरक्षण दिइरहेको छ । पुँजीवादमा अपराधीलाई दण्ड दिइँदैन । यो सरकारले सरकारसँग बीस प्रतिशत परिचालन पेश्कीबापत रु. २३ अर्बभन्दा बढी रकम लिएर समयमा गुणस्तरीय कार्य सम्पन्न नगरेका खराब ठेकेदारहरूलाई कारबाही गर्नुको सट्टा ती ठेकेदारहरूसँग सरकारमा गएका नेताहरूको मिलेमतो रह्यो । ती पार्टीहरूबाटै फौजदारी अपराधमा संलग्नहरूसमेत उम्मेदवार र निर्वाचित हुनुले राजनीतिमा अपराधीकरण बढाएको प्रस्ट भयो ।
पुँजीवादी बन्दोबस्तमा कामदार जनताको हितमा काम हुँदैन । जमिन जोत्नेको सिद्धान्तअनुसार कमैया, कम्लरी, हली, गोठालोलगायतलाई मोहियानी हकको व्यवस्था गर्न तथा काठमाडौं उपत्यकाका किसानहरूको नाममा भएको अलिकति मोहियानी हकको जग्गालाई समेत बाजे–बराजुको नाममा हदबन्दीभन्दा बढी मोहियानी जग्गा भएको भनी भूमि व्यवस्था मन्त्रालयले नामसारी रोक्का गरिराखेको छ । पञ्चापती सरकार र पहिलेको सरकारले समेत चासो गरेको थिएन । कम्युनिष्ट नामधारी पार्टी नेकपाको सरकारले आफू नेपाली काङ्गे्रसभन्दा बढी पुँजीवादी देखाउन मोहियानी हकको जग्गा नामसारी रोक्का गर्ने र बाँड्फाँट रोकेको हो भन्दा फरक पर्दैन । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिली नेकपा बनेको छ । ती दुवै पार्टीले क्षपारोले र· बदलेजस्तै पटक–पटक आफ्ना सिद्धान्त बदल्दै आए ।
नेकपा एमाले पहिला झापाली गुटको रुपमा चिनिन्थ्यो । वान् स्क्वायर, वान् यूनिट र वान आक्सनको नीति लिएर चीनको जस्तो कम्युनिष्ट व्यवस्था ल्याउने भनी जमिनदारहरूको टाउको काट्ने पार्टी थियो । धर्मप्रसाद ढकाललगायतको टाउको काटी २०२८ सालबाट पार्टी राजनीति सुरु गरेका मध्ये वर्तमान प्रधानमन्त्री के. पी. ओली पनि एक थिए । टाउको कटुवाको अपराधमा उनले १४ वर्ष जेल जीवन बिताएका थिए । नेकपा माक्र्सवादी–लेनिनवादी औपचारिक नाम राखिएको झापाली गुट बहुदलविरोधी थियो २०३७ सालमा । सुधारिएको पञ्चायत वा बहुदलबीचको चुनावमा बहुदलको पक्ष लिएको थिाये त्यो पार्टीले । तर, २०४६ सालको बहुदल पुनः स्थापनाको आन्दोलनमा सहभागी भयो र पहिला गल्ती भएको स्वीकार्यो ।
वि.सं. २०४७ सालको पुँजीवादी मन्त्रिमण्डलमा नेकपा एमाले सहभागी बनी नेकाले जस्तै कमिसन खान सिक्यो । वि.सं. २०५१ मा सबैभन्दा ठूलो दलको हैसियतले मनमोहन अधिकारी प्रधानमन्त्री बनी मन्त्रिमण्डल नै बनायो । त्यसबेला वर्तमान प्र.म. के.पी. ओलीले गृहमन्त्री भएर पहिलोपटक सम्पत्ति कमाउने मौका पनि पाए । सम्पत्तिको नाममा टेक्ने एक अङ्गुल जग्गा र आकाश छोप्ने छानो नभएको व्यक्ति एक नव धनढ्यमा परिणत भए । त्यसैबेला प्र.म. मनमोहन अधिकारीले कम्युनिष्ट शब्द एक ट्रेडमार्कको रूपमा मात्र प्रयोग गरेको अभिव्यक्ति दिएर नेकपा एमाले एक पुँजीवादी पार्टी रहेको खुलासा गरे । मदन भण्डारीको बहुदलीय जनवाद जनतालाई झुक्याउने शब्दजाल भन्ने प्रस्ट भयो । त्यसबेला कामरेड रोहितले मदन भण्डारीलाई नेपालको वर्नस्टिनको संज्ञा दिनुभएको थियो । नेकपा एमाले एक भाइकाङ्ग्रेस भन्नुभएको थियो । उहाँले बहुदलको एक चम्चा पानीले जनताको प्यास मेटिंदैन भन्नुभयो । त्यसको अर्थ पुनः परिवर्तनको लागि लाग्नुपर्छ भन्नुभएको हो ।
घर नहुनेलाई घर, जग्गा नहुनेलाई जग्गा, विहा नहुनेलाई लोग्ने÷स्वास्नी दिने भनी जनतालाई झुक्याएको थियो । त्यसका नेता कार्यकर्ताहरू “जोगी बन्न राजनीतिक गरेका होइनौँ” भन्ने गर्दथे । अतः त्यस पार्टीका नेता कार्यकर्ताबाट कामदार जनताले सुख पाउने आशा अब टुटेको छ ।
जनता भन्ने गर्छन्, आफ्नो लोग्नेको हत्यारा पत्ता लगाउन नसक्ने राष्ट्रपतिले अरुको अपराधीलाई कार्यबाही गर्दछ ? अघिल्लो राष्ट्रपति डा. रामबहादुर यादवले आफू हिंड्दा ट्राफिक जाम गरी जनतालाई दुःख नदेऊ भन्थे तर अहिलेका राष्ट्रपति एम्बुलेन्ससमेत ३ घण्टा चल्न नदिई हिंड्छन् । तसर्थ राष्ट्रपतिलाई नयाँ महारानी जन्मियो भन्दैछन् जनता ।
एमाले नेता केपी ओली पहिला माओवादी युद्ध गर्नेलाई दमन गरेरै तह लगाउनुपर्दछ भन्थे । माधव नेपालले राजालाई पैसा चढाएर सेवा गरे । प्रधानमन्त्री बन्न पाउँ भनी निवेदन राजासमक्ष चढाए । झलनाथ खनाल आफ्नै पार्टीको प्र.म. को विरुद्ध लागेर भारतको समर्थनमा प्रम बने । नेताहरूको प्रवृत्ति यस्तो छ । पद पाउन उनीहरूले नैतिकताको पटक्कै ख्याल गरेनन् । जनताले भन्नथाले, हिजो एकजना राजाले सुविधा लिन्थे । आज कैयौँ नेताहरूले राजाले जस्तै सुविधा लिए । एमाले, माओवादी र नेकाका वरिष्ट नेता सबै नव राजाको रुपमा परिणत भए ।”
विशेषगरी पूर्व एमालेका नेताहरूका पत्नीहरू प्रायः सबै कम्तीमा एक आइ.एन.जी. ओ वा एन.जी.ओ.को सञ्चालक छन् । कार्यकर्ता पनि त्यस्तै छन् । तसर्थ एमालेलाई एन.जी.ओ. पार्टी पनि भनिन्छ ।
एमाले पार्टीमा सदस्य बनाउन सिद्धान्त बुझाउनु पर्दैन । टीका लगाएर भित्याउँ छन् । चोर, डाका, गुण्डा, लफ·ा, बलात्कारी, अपराधी जो पनि एमालेमा भित्रिन पाउँथे । तसर्थ फोहरको डङ्गुर हो नेकपा एमाले भनी सचेत जनता भन्ने गर्छन् । जनतासँग मत लिन कम्युनिष्ट भन्छन् । माक्र्स, एँेगेल्स, लेनिन, स्तालिन र माओका फोटोहरू देखाएर मानिस पार्टीमा हुल्याउँछन् । संरा अमेरिकाका राजदूत एमाले पार्टी कार्यालय पुग्दा माक्र्स, ऐँगेल्स, लेनिन, स्तालिन र माओको तस्वीर कपडाले छोपिन्छ र माक्र्सवादी–लेनिनवादी होइन भनी चिनाउँछ ।
तसर्थ भन्ने गरिन्छ– देशभरका जाली–फटाहा एकातिर र नेकपा एमाले अर्कोतिर तराजुमा राखी जोखिँदा एमाले नै गह«ौं हुन्छ । त्यसैले एमाले अन्धोलाई सुलोचना वा आँखा नदेख्नेलाई नेत्रबहादुरभनेझंै हो भने जनता चिन्थ्यो । महाकाली सन्धि गरेर पश्चिमबाट सूर्य उदय हुने, वर्षको एक खर्ब २१ करोड आम्दानी हुन्छ भनी २०५३ मा एमाले नेता के.पी. ओलीले बोलेको सचेत जनताले याद गरिरहेका छन् । माक्र्सवाद, लेनिनवाद र माओ विचारधारा पार्टीको विधानबाट मार्ग निर्देशक सिद्धान्त भन्ने कुरा हटाएदेखि एमाले माक्र्सवादी रहेन भनी सचेत जनताले चिने । अब एमाले पार्टी पटक्कै कम्युनिष्ट रहेन । यो एक संशोधनवादी र सुधारवादीको रूपमा परिवर्तित भइसकेको छ ।
नेकपाको अर्को दल नेकपा माओवादी केन्द्रबारे पनि केही जानी राखौँ । यो पार्टी चुनावमा सहभागी भएर आफ्नो छुट्टै अस्तित्व समाप्त बनाएको पार्टी हो । वि.सं २०६४ को चुनावमा प्रत्यक्षतर्फ २४० सीटमा १२० वा ५० प्रतिशत जीत हासिल गरेको पार्टी थियो । नेका र एमालेजस्तो पुँजीवादी पार्टीले वि.सं २०४७ देखि आलोपालो शासन गरी देश कङ्गाल र जनता निराश बनाए भनी ती दुई पार्टीको विकल्प माओवादी केन्द्र छनोट गर्नुपर्छ भनी सबैभन्दा ठूलो दल बनाएका थिए । तर, जनताको आशा निराशामा परिणत भयो । कर्णाली नदी भारतलाई सुम्पियो । भारतको परराष्ट्र नीति नेपालको नीति हुने कुरामा प्रचण्डले सही गरे । के.यू.के.एल निजीकरण गरियो । सेना समायोजनमा ४ अर्ब पैसा खाए । त्रिभुवन विमानस्थलमा भारतीय सुरक्षाकर्मी राख्न सहमति दिए । तसर्थ नेकपा माओवादी केन्द्र भारतीय ट्रोजन घोडाको रुपमा परिचित भयो । नेताहरूले पैसा कमाए, सुविधा पाए । कार्यकर्ता र जनतालाई बिचल्ली पारे । सत्र हजार सहिद परिवारको बिचल्ली बनाए । महिलालाई विधुवा र पुत्रविहीन बनाए । यसरी माओवादी केन्द्र धोकेबाज संशोधनवादी, सुधारवादी बन्दै एक पुँजीवादी पार्टीको रूपमा परिणत भयो । माओवादीको अस्तित्व जोखिममा पुग्यो । त्यसैले एमालेमा मिसियो ।
अतः नेकपा एमाले + नेकपा माओवादी केन्द्र ½ समाजवादी नभई पुँजीवादी पार्टीको रूपमा विकास भयो । नेकालाई माथ गर्दै दाइ काङ्ग्रेसको रूपमा विकास भयो । अब नेकपाका नेता–कार्यकर्ता भ्रष्टाचारीको रुपमा परिचित भए । अब उनीहरूलाई स्थानीय तहमा प्राप्त बजेट बिल मिलाएर खाने सामान्य कुरो भयो । प्रदेश र सङ्घीय मन्त्रीहरूले सुविधाको तेल र बिलको तेल गरी दोहोरो तेल लिने सामान्य कुरो भयो । काठमाडौं उपत्यकामा घर भएका सांसदले घर भाडा लिने सामान्य नै भयो । तसर्थ अब नेकपा एमाले + नेकपा माओवादी केन्द्र ½ भाइ काङ्ग्रेस प्रमाणित भएको छ । त्यो भनेको नेकपा एमाले + नेकपा माओवादी केन्द्र ½ पुँजीवाद प्रमाणित भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *