बिदै बिदा दिएर शैक्षिक गुणस्तर कायम होला ?
- बैशाख ७, २०८३
–दिनबन्धु केसी
निर्वाचनमा सबभन्दा बढी पैसा बगाउने, पैसाको छेलोखेलो गरेर जनतालाई हातमा लिने दल एमाले नै हो । जनतालाई सिद्धान्त र विचार बताएर मत लिनुभन्दा जसरी भए पनि निर्वाचन जित्न पैसाको खोलो बगाउउने, डर, धम्की, लोभलालच बाँडेर निर्वाचन जित्न पछि नपर्ने दल हो एमाले । आज तिनै दलको नेतृत्वमा सरकार छ । सरकारको नेतृत्व गरिरहेका नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली हरेकजसो कार्यक्रममा अनेकानेक सन्देश बाँड्दै छन्, शिष्ट र आचरणका पाठ सिकाउँदै छन् । निर्वाचन आचारसंहिता तोडेर निर्वाचन गतिविधि गर्नेमा एमालेझैँ माओवादी केन्द्र पनि त्यत्तिकै अगाडि छ । हिजो तिनै दलका नेताहरू एकले अर्काेलाई हिलो छ्याप्थे, पानी बराबरको स्थितिमा पुगेका थिए ।
केपी ओलीले त पुष्पकमल दाहाललाई मानसिक सन्तुलन ठीक नभएको भन्न भ्याए । मानसिक सन्तुलन ठीक नभएको भन्नुको अर्थ छुच्चा शब्दमा भन्नुपर्दा ‘पागल’ भनिएको हो । हो, पत्रकारितामा ‘पागल’ को आरोप कसैलाई लगाउनु हुँदैन, त्यस्तो आरोप लगाउँदा मानहानीको मुद्दा चल्छ । यसरी अरु नेतालाई लाजशरम छोडी जत्थाना गाली गर्ने नेता ओली विगतका ती आरोपहरू भुलेर आज तपस्वीले झैं खूब सन्देश बाँड्दै छन्, ज्ञान गुणका कुरा छर्दै छन् । प्रम ओलीले कुनै कार्यक्रम या समारोहमार्फत सन्देश छर्नुभन्दा आफ्ना दलका नेता तथा कार्यकर्ताहरूलाई राजनीतिक प्रशिक्षण दिएर देश र जनताप्रति समर्पित बनाउनुपर्छ, इमानदारीपूर्वक देश र जनताको सेवा गर्ने भावना जगाउनुपर्छ । तर, व्यवहारमा त्यस्तो कुनै कार्य गरेको देखिंदैन । भएभरको गल्ती गरेर सत्ता पाएपछि मात्रै सन्देश बाँड्ने ?
अरुलाई सन्देश बाँड्दै हिंड्ने प्रम ओली कहिले बुद्धिजीवीदेखि सहंदैनन् र मनपरी फलाक्छन् त कहिले सरकारको आलोचना ग¥यो, कमी कमजोरी औँल्यायो भनेर आलोचकहरूलाई गणतन्त्रविरोधी या राजतन्त्रवादी भनी उपाधी दिन्छन् । पहिले राजाको जन्मदिनमा राजाको पाउमा दाम चढाएर आशीर्वाद पाउने तिनै एमालेका नेताहरू आज अरुलाई राजतन्त्रवादी देख्छन् । प्रम ओलीले अरुलाई सन्देश बाँड्नुभन्दा आफ्नै दलका नेता र कार्यकर्ताहरूलाई सुसूचित पार्नुपर्छ । सत्तारुढ दलका नेता तथा कार्यकर्ताहरू सच्चिनुपर्छ, इमानदार बन्नुपर्छ । स्वच्छ छविको हुनुपर्छ । चरित्रवान हुनुपर्छ । तर सरकारले पैसाको राजनीति गरिरहेको छ । पैसाले नेता तथा कार्यकर्तालाई तह लगाउँदै छ । पैसाको पछि दगुरेर नेता तथा कार्यकर्ताहरू जोहो गर्दै छन् । तिनीहरूलाई पार्टीको सिद्धान्त र विचारको कुनै मतलब छैन । देश भ्रष्टाचारमा डुब्नुको कारण भ्रष्ट मनसाय नै हो ।
Leave a Reply