भर्खरै :

क्यारिबियाली देशहरुले दिए ट्रम्पलाई चुनौती

 
डोनाल्ड ट्रम्प संरा अमेरिकामा सत्तासीन भएको दोस्रो महिना पुग्दा–नपुग्दै क्यारिबियाली राज्यहरुको संगठन(एसीएस)ले निषेधकारी राजनीतिको उभार र राष्ट्रवादको उदय रोक्न चेतावनी दिएको छ । क्युवाको राजधानी हवानामा मार्चको पहिलो सातामा भएको एसीएसको २२ औं मन्त्रीस्तरीय विशेष बैठकमा क्यारिबियाली नेताहरुले त्यस्तो चेतावनी दिएका हुन् ।

‘हामी अरु कसैले निर्देशित गरेजस्तो संसार अघि जाने कुरामा आत्मसमर्पण गर्न सक्दैनौं । हामी लरोतरो क्षेत्र होइनौं बरु उत्कृष्ट र शान्तिको क्षेत्रका बासिन्दा हौं ।’

एसीएसका प्रथम महिला महासचिव डा.जुन सुमरले विशेष बैठकमा बोल्दै पछिल्लो भूराजनीतिक परिवर्तन’को बारेमा चर्चा गर्दै क्यारिबियाली क्षेत्रलाई नकारात्मक प्रभाव पार्ने खतराप्रति ध्यानाकर्षण गरिन् । ‘हामी अरु कसैले निर्देशित गरेजस्तो संसार अघि जाने कुरामा आत्मसमर्पण गर्न सक्दैनौं । हामी लरोतरो क्षेत्र होइनौं बरु उत्कृष्ट र शान्तिको क्षेत्रका बासिन्दा हौं ।’, उनलाई भनिन् ।
उनले सो बैठकमा हाइटीको पूर्वराष्ट्रपति रेने प्रिभलको निधन भएकोमा हाइटीका जनताप्रति समवेदना व्यक्त गरिन् । सुमरले रेनेलाई ‘क्यारिबियाका महान् सुपुत्र’ भएको बताइन् ।
क्युवाली विदेशमन्त्री ब्रुनो रोड्रिग्युजले क्यारिबियाली क्षेत्रमा बनाउन खोजिएको पर्खालको विरोधमा ‘एकता, ऐक्यबद्धता र सहकार्य’को लागि आह्वान गरे ।

क्युवाली विदेशमन्त्री ब्रुनो रोड्रिग्युज


संरा अमेरिकाका निषेधकारी र दमनकारी आप्रवासी नीति र अति संरक्षणवादी व्यापार नीति क्यारिबियाली क्षेत्रको लागि खतरा भएको उनको भनाइ थियो ।
बैठकमा क्युवा, भेनेजुयला, त्रिनिदाद र ताबागो, हाइटी, कोलोम्बियालगायत एक सय देशहरु सदस्य छन् ।
बैठकमा पर्यटन, व्यापार, आर्थिक सम्बन्ध र राजनीतिक सहकार्य आदि विषयहरुमा छलफल भएको थियो ।
स्रोतः टेलिसुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *