यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
काठमाडौँ, १९ फागुन । नेकपाका दिवङ्गत नेता तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको आइतबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपतिस्थित आर्यघाटमा नेता अधिकारीको पार्थिव शरीरमा उहाँका सुपुत्रीत्रय लुना, लिमा र लिजाले संयुक्तरूपमा दागबत्ती दिनुभएको थियो ।
नेता अधिकारीको शनिबार राति ९ः३५ बजे काठमाडौँको ह्याम्स अस्पतालमा ८३ वर्षका उमेरमा निधन भएको थियो । उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आइतबार बिहान नेकपाको केन्द्रीय कार्यालय धुमबाराहीमा राखिएको थियो ।
अधिकारीले मुलुकको कार्यवाहक प्रधानमन्त्री, दुईपटक उपप्रधानमन्त्री तथा अर्थ र विभिन्न मन्त्रालयको नेतृत्व सम्हाल्नुभएको थियो ।
नेपालको संविधान २०४७, तथा अन्तरिम संविधान २०६३ मा नेता अधिकारीको योगदान महत्वपूर्ण रहेको थियो । अधिकारी अर्थशास्त्रीका साथै कानुन व्यवसायीसमेत रहनुभएको थियो ।
Leave a Reply