नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
रियो दि जेनेरियो, १९ फागुन । काराबास सजाय भोगिरहेका ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भा शनिबार पुनः जेल फर्किनुभएको छ । उहाँलाई आफ्नो नातिको अन्त्येष्टिमा सहभागी हुन अनुमति दिइएको छ ।
शनिबार बिहानै कुरिटिबास्थित जेलको कोठाबाट झरेर उहाँले एउटा सानो विमानमार्फत अन्त्येष्टि समारोहमा सहभागी हुन करिब ४०० किलोमिटर टाढा रहेको साओपाओलो शहरमा पुग्नुभएको थियो । जहाँ रातो फेटा लगाएका उहाँका सयौँ समर्थक भेला भै लुलाको रिहाइका लागि प्रदर्शन गरेका थिए ।
उहाँको सातवर्षे नाति अर्थर अराउजो जुला दा सिल्भाको शुक्रबार बिहान निधन भएपछि अदालतले शुक्रबार नै उहाँलाई अन्त्येष्टिमा सहभागिताको लागि अनुमति दिएको थियो । अदालतले अनुमति दिएपछि शनिबार हुने अन्त्येष्टि कार्यक्रममा उहाँको सहभागिता रहेको थियो । लुलालाई ब्राजिलको दक्षिणपन्थी सरकारले भ्रष्टाचारमा संलग्न रहेको झूटो अभियोगमा १२ वर्षको जेल सजाय तोकेको छ ।
ब्राजिलको कानुनमा काराबासमा रहेका व्यक्तिलाई बुबा आमा, सहोदर भाइबहिनी, छोराछोरी वा नाति नातिनाजस्ता निकटस्थको अन्त्येष्टि समारोहमा छोटो अवधिका लागि सहभागी हुन अनुमति दिनसक्ने व्यवस्था रहेको छ ।
Leave a Reply