पुटिनसँग आसियान नेताहरूको शिखर भेटवार्ता
- जेष्ठ १५, २०८३
मस्को, १९ फागुन (एएनआई) । भेनेजुएलामा बढ्दै गएको राजनीतिक सङ्कट समाधानका लागि अमेरिकासँग वार्ता गर्न आफू तयार रहेको रुसले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घको घोषणापत्रअनुसार दुई देशका लागि समन्वयकारी भूमिका खेल्न तयार रहेको रुसका विदेश मन्त्री सर्गेइ लाभरोभले शनिबार बताउनुभएको हो ।
विदेश मन्त्री लाभरोभले जारी गरेको वक्तव्यमा भेनेजुएलाका बारेमा आफूले अमेरिकी विदेश मन्त्री माइक पोम्पेओसँग छलफल गरेको उल्लेख गर्नुभएको छ ।
लाभरोभले पोम्पेओसँग टेलिफोनमा कुराकानी गर्दै भेनेजुएलाको अवस्था, सङ्कट समाधानको उपायलगायतका बारेमा कुराकानी गरेको पनि जानकारी दिनुभएको छ ।
“भेनेजुएलाका बारेमा मैले वासिङ्टनसँग छलफल गरेको छु, अमेरिकासँग भेनेजुएलाको सङ्कट समाधानको निकास निकाल्न सकिन्छ, तर राष्ट्रसङ्घीय घोषणापत्रलाई भने मान्नुपर्दछ,” लाभरोभले वक्तव्यमार्फत भन्नुभएको छ ।
संयुक्तराज्य अमेरिकाले विपक्षी नेता गुएइदोलाई मान्यता दिँदै उहाँको नेतृत्वका लागि कूटनीतिक अभियान चलाएको छ ।
रूसले भेनेजुएलाको सरकारलाई दिँदै आएको सहयोगलाई जारी राख्ने पनि रूसी विदेश मन्त्री लाभरोभले बताउनुभएको छ ।
“हामीले अत्यधिक निकटमा रहेर भेनेजुएलाको समस्याबारे अन्तर्राष्ट्रिय क्षेत्रमा सहकार्य र समन्वय गर्दै अघि बढ्नेछौँ,” लाभरोभले भन्नुभयो ।
उहाँले थप्नुभयो, “वर्तमान समयमा भेनेजुएलाको आन्तरिक मामिलामा निर्लज्जरूपमा वैदेशिक हस्तक्षेपको सामना गरिरहेको र यसमा उसलाई सहयोग गर्नु महत्वपूर्ण कार्य हो ।”
आर्थिक तरलताले विक्षिप्त बनेको भेनेजुएलामा प्रतिपक्षी नेता हुँवा गुएइदोले गत जनवरीमा आफूलाई स्वघोषितरूपमा अन्तरिम राष्ट्रपति घोषणा गरेका कारण उक्त मुलुक राजनीतिक सड्ढटतर्फ गइरहेको छ । मदुरोले वैधानिकता गुमाएको दाबी गुएइदोले गर्दै आउनुभएको छ ।
मदुरो र उहाँका रूसलगायतका सहयोगीले भेनेजुयलाको सरकारविरूद्ध वासिङ्टनले राज्य विद्रोह ‘कू’ प्रयास गराएको आरोप लगाउँदै आएको छ ।
Leave a Reply