पुटिनसँग आसियान नेताहरूको शिखर भेटवार्ता
- जेष्ठ १५, २०८३
बेइजिङ, चीन, १९ फागुन (सिन्ह्वा) । आगामी ५ देखि १० वर्षसम्म विश्वव्यापी मुद्रा सञ्चितिमा चिनियाँ युआनको मजबुत अवस्था रहने अमेरिकी बहुराष्ट्रिय बैङ्क मोर्गान स्टानलेका अर्थ विश्लेषक रविन सिङले बताउनुभएको छ ।
“युआनको विश्वव्यापी सञ्चिति आगामी ५ देखि १० वर्षसम्म अहिलेको दुई प्रतिशतबाट वृद्धि भई करिब पाँच प्रतिशत पुग्नसक्ने अवस्था देखिएको छ,” सिङले बताउनुभयो, “मुद्रा सञ्चितिमा आउने वृद्धिको अर्थ विश्वभरका केन्द्रीय बैङ्क र लगानी कोषहरूले सम्पत्ति खरिद गर्दा युआनलाई फाइदा पुग्ने गरी कारोबार हुने देखिएको छ ।”
त्यतिबेलासम्म युआनले बेलायती पोउण्डस्टर्लिङ र जापानी येनलाई पछि पार्दै मुद्रा सञ्चितिका हिसाबले तेस्रो शक्तिशाली मुद्रा बन्नेछ । अमेरिकी डलर र यूरो भने युआनभन्दा अझै बलिया रहनेछन् ।
सिङको युआनको बढ्दो प्रभावबारेको प्रक्षेपण चीनको वित्तीय अवस्थामा रहेको खुकुलोपनलाई हेरी गरिएको हो । चीनले पछिल्लो समय वैदेशिक लगानीलाई भित्याउन शेयर बजार तथा प्रतिज्ञापत्र बजारमा विभिन्न कदम चालेको छ । यसका लागि व्यापारलाई फैलाउने र समुद्रपारको लगानीलाई ठूलो मात्रामा भित्याउने नीति चीनको रहेको छ । “चीनले लिएको वित्तीय सुधारको मार्गले लगानीकर्तालाई चिनियाँ सामानबारे थप विश्वस्त तुल्याउनेछ,” उहाँले थप्नुभयो ।
सिङले यो पनि प्रक्षेपण गर्नुभएको छ कि मुद्रा सञ्चितिमा आफ्नो अवस्थालाई आगामी दुई वर्षभित्रै मजबुत पारिसक्नेछ र यसबाट मूलधन प्रवाहमा चीनको पुँजी बजारलाई विस्तार गर्नेछ ।
Leave a Reply