फिफा स्वतन्त्र खेलकुद संस्था होइन यो एक राजनीतिक उपकरण हो !
- श्रावण १, २०८३
काठमाडौँ, २२ फागुन (रासस: नेपालमा आयोजना हुने १२औँ संस्करणको दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिता असार पहिलो साता हुने भएको छ । नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी प्रतियोगिता असार ६ र ७ गते हुने जानकारी दिएको हो ।
प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, भूटान, अफगानिस्तान, श्रीलङ्का, माल्दिभ्स र बङ्गलादेशको सहभागिता रहने नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घका अध्यक्ष राजेशबाबु श्रेष्ठले जानकारी दिनुभयो । प्रज्ञाभवन कमलादीमा हुने उक्त प्रतियोगितामा शारीरिक सुगठनतर्फ ५५, ६०, ६५, ७०, ७५, ८०, ८५, ९० र ९० किलोमाथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ । पुरुष फिट्नेस फिजिकलमा १७० सेन्टिमिटर र १७० सेन्टिरमिटर उचाइमाथि तथा महिला एथलेटिक्स फिजिकलतर्फ १६५ सेन्टिमिटर र १६५ सेन्टिमिटर उचाइमाथि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा ‘विश्व बडी बिल्डिङ एण्ड फिजिकल स्पोर्ट्स फेडेरेशन’का महासचिव तथा ‘एशियन बडी बिल्डिङ एण्ड फिट्नेस फेडेरेशन’का अध्यक्ष डातुक पाउल चुआ नेपाल आउने जानकारी सो अवसरमा दिइयो । सो प्रतियोगिताका लागि नेपालले आगामी वैशाखमा आयोजना हुने मिस्टर हिमालयबाट खेलाडी छनोट गर्नेछ ।
Leave a Reply