भर्खरै :

इन्जिनियरले फेरि जित्यो अन्तरसमाज कप

नेपाल मजदुर किसान पार्टीको स्थापना दिवसको अवसरमा नेपाल कर्मचारी समाजको आयोजनामा भएको अन्तरसमाज फुटबल प्रतियोगितको दोस्रो पटक पनि इन्जिनियर समाज नेपालले जितेको छ । आइतबार बिहान भएको फुटबल प्रतियोगिताको फाइनल खेलमा चिकित्सक समाजलाई ५–२ को अन्तरले पराजीत गरी लगातार दोस्रो वर्ष पनि इन्जिनियर समाजले विजयको ताज उचालेको हो ।
विजयी तथा सहभागीहरुलाई आइतबार नै भएको पुरस्कार वितरण कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)ले पुरस्कार वितरण गर्नुभयो ।
कार्यक्रममा कर्मचारी समाजका अध्यक्ष गौतम लासिवा, प्राध्यापक समाजका अध्यक्ष सरोजराज गोसाई र पत्रकार समाजका अध्यक्ष लक्ष्मणराज जोशीले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *