तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, फागुन २४ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समिति छात्रा विभागको आयोजनामा १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा दुईदिने छात्रा प्रशिक्षण कार्यक्रम शुक्रबार सुरु भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले ‘नेकपा’ ले देशमा भ्रष्टाचारलाई स्थान दिइरहेको बताउनुभयो ।
शिक्षा र स्वास्थ्य निःशुल्क गर्न सके अन्धविश्वास र कुरीति हट्दै जाने बताउँदै उहाँले विद्यार्थीहरुले आफ्नो अध्ययनका साथै पार्टी प्रकाशनको अध्ययन गर्नुपर्ने औँल्याउनुभयो । उहाँले छात्रा विद्यार्थीहरुले विश्व सर्वहारा वर्गका क्रान्तिकारी महिलाहरुको सङ्घर्षशील जीवनीबारे जानकारी लिनुपर्नेमा जोड दिनुभयो ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई राजनैतिक सङ्घर्षको रुपमा उपयोग गर्नुपर्ने बताउँदै विद्यार्थीहरुमाझ प्रचारमा लाग्न अनुरोध गर्नुभयो ।
अधिवक्ता अनिता जधारीले महिलासम्बन्धी कानुनी ज्ञान विषयमा प्रशिक्षण दिनुभएको थियो । उहाँले विद्यार्थीहरुमा राजनैतिक ज्ञानसँगै कानुनी जानकारी राख्न आवश्यक रहेको बताउनुभयो ।
आयोजक समितिका संयोजक जानकी सिजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा सदस्य दिनेश खड्गी, कोपिला तामाङलगायतले बोल्नुभएको थियो ।
Leave a Reply