तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
पर्सा, २४ फागुन । नेपाल मजदुर किसान पार्टी पर्साको आयोजनामा पोखरीयामा स्थानीय किसानहरूबीच नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेको प्रमुख आतिथ्यमा बिहीबार छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा अतिथि काफ्लेले भन्नुभयो,“शासक दलहरूको अकर्मण्यताले गर्दा गरिब किसान जनताले दुःख पाइरहेका छन् ।”
कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार भए तापनि विगतमा पञ्चायत र काङ्ग्रेसले झैं काम गरिरहेको उहाँले बताउनुभयो ।
सरकारले कम्युनिष्टको नाममा जनतालाई ठगिरहेको स्पष्ट पार्दै उहाँले नेमकिपाले जनताको निम्ति सङ्घर्ष गरिरहेको बताउनुभयो ।
नेक्राकिसङ्घका केन्द्रीय कोषाध्यक्ष हरिराम सुवालले सरकारले दिइरहेको सेवा सुविधा सम्बन्धित ठाउँमा पुग्न नसकेकोमा दुःख व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेक्राकिसङ्घका केन्द्रीय सदस्य श्याम विसुंकले तराईका किसानहरूले आफ्नो अधिकारको लागि नेक्राकिसङ्घमा आबद्ध हुन आग्रह गर्नुभयो ।
नेमकिपा पर्साका संयोजक सरोज साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपा पर्साका इसलाम मियाँ, अब्दुल अन्सारीले पनि बोल्नुभएको थियो ।
Leave a Reply