भर्खरै :

लुट्नु अघिको सपथ

एल. के. सुन्द
आदरणीय आमा बुबा
दाजु भाई ,दिदी बहिनी
नमस्कार अभिवादन
हजुरहरूको चरणमा ।
बितेको कुरा बिर्सिदिउँ
समयको आवश्यकतालाई बुझौं
धेरै समयको अन्तरालमा
आएको छु यहाँहरूको माझमा ।
हजुरहरूको आशिर्वादले
नेतागणको असिम कृपाले
फेरि पनि यहाँहरूको
आँगन टेक्ने मेसो पाएको छु ।
हजुरको एउटा स्वाभिमानी मत
विकास निर्माणको अभिमत
बाटो निर्माण त टड्कारो नै
खराब बाटोमा पैदल हिँड्न परिरहेछ ।
उ बेला केही गर्न सकिएन
म मान्छु केही गर्नै सकिएनन्
केही समय घुमफिरमै बिते
धेरै समय भनसुनमै सकिए ।
धेरै दुःखजिलो गरी गरी बल्ल
आठ आना जग्गा जोडे राजधानीमा
टहरो ठड्याउन सकिरहेको छैन ।
सहकर्मीका अगाडी लाजमर्दाे भाको छु ।
आमा कसम यसपालि त
कम्तिमा पनि मन्त्री बन्छु बन्छु ।
त्यसबाट पाउने थोरै तलबले
विकास निर्माणको धुपबत्ती पनि बाल्ने छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *