भर्खरै :

हे नारी तिमीले

सुनिता गाइसी
हे नारी तिमीले
सुन्दर संसार रच्ने
कल्पना गर्नसक्छयौ
आफूलाई अरूको सामु
सक्षम, योग्य र गुणवान
सावित गर्नसक्छयौ ।
समाजले दिएका हेला
पीडा, वेदनालाई शक्तिमा
परिवर्तन गरी
सुन्दर, समुन्नत समाजको
सृजना गर्नसक्छयौ
हे नारी तिमीमा नै
छ त्यस्तो शक्ति
जसले संसारलाई परिवर्तन
गर्नसक्छ ।
अशिक्षा, अन्याय र अत्याचार
जस्ता ‘अ’ को विरूद्ध
आवाज बुलन्द
गर्नसक्छ ।
हे नारी तिमी किन
आफूलाई दवित,
पीडित, वेसहरा ठान्छयौ
कुहिरोको कागजस्तै
तिमी किन अल्मलिन्छौ
तिमीमा नै छ त्यस्तो
अलौकिक शक्ति
जसले समाज परिवर्तन
गर्नसक्छ ।
नारीमाथि लागेका
लाञ्छना र कलङ्कलाई
मेटाउन सक्छ ।
हे नारी तिमीले
अब आफूले आफूलाई
चिन्न सक्नुपर्छ
जेनी माक्र्स, क्लारा जेटकीन
बनी समाजलाई नयाँ दिशातर्फ मोड्नुपर्छ
हे नारी तिमी नै हौ
त्यस्तो ज्योती जसले अन्धकारलाई
हटाई नयाँ बिहानी ल्याउनसक्छयौ
रोग, भोक, गरिबमा पनि मुस्कान
छर्नसक्छयौ मुस्कान छर्नसक्छयौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *