नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
बेइजिङ, चीन, २५ फागुन (रासस÷सिन्ह्वा) ः चीनका राष्ट्रपति सी चिन फिङले व्यापार वातावरण अझ राम्रो बनाउन सरकार प्रयासरत रहेको शनिबार बताउनु भएको छ ।
चीनको सर्वोच्च आधिकारिक संस्था राष्ट्रिय जन काँग्रेसमा पेश गरिएको सरकारी कार्य प्रतिवेदनबारे आफ्नो धारणा राख्दै उहाँले भन्नुभयो, “बजारको मुख्य पक्षको जीवन्त शक्तिलाई प्रोत्साहित गरिँदै व्यापार वातावरणलाई सुधार गरिनु सरकारका १० वटा मुख्य कार्यभारहरूमध्येको एक रहेको छ ।”
उहाँले भन्नुभयो, “व्यापार वातावरण अझ राम्रो बनाउन सरकार तथा पार्टी लागिपरेको तर सबैभन्दा राम्रो अवस्था भने भैनसकेको उहाँले बताउनुभयो ।
विश्वमा सबभन्दा ठूलो विकासोन्मुख मुलुक चीनमा व्यापार वातावरण तथा अन्तर्राष्ट्रियस्तरको व्यापार वातावरण बीच ठूलो अन्तर रहिरहेकोले यस अन्तरलाई साँघुरो पार्न चीनले सुधारलाई गहन पार्दै खुलापनलाई विस्तार गर्दै जाने उहाँको भनाई थियो ।
राष्ट्रिय आर्थिक प्राविधिक विकास क्षेत्र, उच्च र नयाँ प्रविधि उद्योग क्षेत्रको समर्थन गर्न चीन सरकारले स्वतन्त्र व्यापार परिक्षात्मक क्षेत्रलाई अझ ठूलो नवीन अधिकार दिने योजना गरेको छ ।
ती योजनाहरूबाट विदेशी लगानी लगायत बजारमा थप जीवन्त शक्ति र नवीन क्षमता प्रोत्साहन गरिने छ र चीन र विश्व अर्थको मिलनलाई अझ घनिष्ट पारिने छ। लगानीको लागि चीन अझै आकर्षक गन्तव्य हुँदै जानेछ, सीले भन्नुभयो ।
Leave a Reply