भर्खरै :

भारतीय बिस्तारवादको विरोधमा होली

प्रगतिशील साहित्य अध्ययन समूहको आयोजनामा कीर्तिपुरमा होली पर्वलाई पनि भारतीय बिस्तारवादको विरोध गरी मनाइयो । कीर्तिपुर नपा वडा नं. ९ शहीदपथमा ‘भारतीय बिस्तारवाद मुर्दावाद, बढ्छौं अघि रुक्दैनौं भारतीय बिस्तारवाद तेरो सामु झुक्दैनौं’ लेखेका टीशर्त लगाई सुरु गरेको होली नगरका विभन्नि भागमा परिक्रमा गरी त्रिवि परिसरमा पुगी समापन भएको थियो ।
प्रगतिशील गीत बजाउदै पागा ढोकासी बसपार्क, नगाउँ हुँदै नगाउँ दोबाटो, पाँगा दोबाटो, नयाँबजारमा कोणसभा भएको थियो ।
कोणसभामा नेपाल मजदुर किसान पार्टी काठमाडौं जिल्ला अध्यक्ष नारायण महर्जन, नेपाल क्रान्तिकारी युवा संघका सचिव शंकर भण्डारी, नेक्राविसंघका केन्द्रीय सदस्य सुरेश परियार, आयोजकका तर्फबाट हृदय दाहाल, पुष्पा विष्ट, नरेश खत्रीले भारतीय बिस्तारवादी सरकारले फागुन २६ गते कन्चनपुरमा गरेको हत्याको विरोधमा सबै देशभक्त उठ्नुपर्ने बताउनुभयो । सार्वभौमिकता रक्षाको लागि संघर्ष बाहेक अरु विकल्प छैन भन्दै नेमकिपाका युवा विद्यार्थीले फागुन ३० गते भारतीय दूताबास घेराउमा सहभागी हुन आहवान गर्नुभयो ।
कार्यक्रममा कमला विकले गीत प्रस्तुत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *