साक्षरता दिवसको अवसरमा कमलविनायक शिशुस्याहार केन्द्र उद्घाटन
- भाद्र २३, २०८३
नीरज
फागुन २६ गते कञ्चनपुरको आनन्दबजारमा भारतीय सीमा सुरक्षा बलको गोली लागी नेपाली नागरिक गोविन्द गौतमको हत्या भयो । यो घटना राति भएको थिएन । दिनको उज्यालोमा यो घटना भएको थियो । गोली लागेर गौतम ढल्दा त्यहाँ सयौं मानिसहरु थिए । गौतम सहित अरु पनि केही नेपाली युवाहरु घाइते भए । तर त्यही साँझ काठमाण्डौस्थित भारतीय राजदुतावासले सो घटनाबारे एक वक्तव्य जारी गरी त्यहाँ गोली नचलेको भनाई सार्वजनिक ग¥यो ।
सत्य–तथ्यको आधारमा घटनालाई प्रस्तुत गर्नुभन्दा राजनीति नियतले आफू अनुकूल वक्तव्यबाजी गर्नु भारतीय दुतावासको बद्मासी हो । बद्मासी कुटनीतिक मर्यादा होइन । इमान्दारिता र सत्यता नै कुटनीतिकको मूल्य हो । भारतीय दुतावास झुठा कुरा गरेर कुटनीतिक मर्यादाभन्दा बाहिर गएर अनैतिक काम गरिरहेको छ ।
घटना भएको भोलि भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजेय देवलले सो घटनाबारे चासो व्यक्त गरेका थिए–नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाललाई फोन गरेर ।
त्यस्तै शुक्रबार संसदमा गृहमन्त्री बिमलेन्द्र निधिले आफूलाई भारतीय परराष्ट्रमन्त्री सुस्मा स्वराजले फोन गरेर सो घटनाबारे चासो व्यक्त गरेको खबर सदनमा सुनाए । अर्थात यतिबेलासम्म भारतीय पक्षबाट गोली चलेको हो भन्ने कुरामा कुनै विवाद बाँकी रहेन । एसएसबीले गोली हानेकै थियो, अब कसैले होइन भन्न सक्ने अवस्था छैन ।
त्यसो भए भारतीय दुतावासले त्यो दिन किन झुठो वक्तव्य जारी ग¥यो ? के एउटा कुटनीतिक नियोगले यसरी झुठको खेती गर्न मिल्छ ?
भारतीय दुतावासले झुठ बोलेको यो पहिलो पटक होइन । २०७२ सालको मंसिरमा भारतीय एसएसबीले सुनसरी जिल्लाभित्र प्रवेश गरी केही स्थानीय जनतामाथि गोली हानेर घाइते बनाएका थिए । तर भारतीय दुतावासले सो घटनाबारे जारी गरेको वक्तव्यमा गोली नचलेको दाबी गरेको थियो ।
भारतीय कर्मचारीतन्त्रका जब्बरताबारे धेरै किताबहरुमा चर्चा पढिएको थियो । तर आज भारतीय दुतावासको चालाबाला देखेर यो कुराको सत्यता हाम्रो सन्दर्भमा भोगिरहेका छौं । आज पनि भारतीय कर्मचारीतन्त्रमा अझै पनि बेलायती उपनिवेशकालीन कर्मचारीतन्त्रको जड बाँकी रहेको कुराको प्रमाण नेपालस्थित भारतीय दुतावास हो ।
किन बारम्बार झुठ बोल्ने गर्छ ? साँच्चै भनुँ, यो आफैमा भारतले नेपालमाथि गर्ने गरेको हेपाहा व्यवहारको उदाहरण हो ।
भारतीय दुतावास नेपाली भूमिमा भारतको प्रतिनिधित्व गर्ने सबभन्दा आधिकारिक निकाय हो । भारतीय दुतावासको भनाईलाई भारत सरकारको आधिकारिक धारणा मान्नु पर्ने हुन्छ । तर दिनको उज्यालोमा भएको घटनालाई समेत बंग्याएर भारतीय दुतावासले निकाल्ने झुठा वक्तव्यले अब उसको विश्वसनियतामाथि नै प्रश्न चिन्ह उठाएको छ ।
दुतावासले घटनाको विषयमा विस्तृत कुरा बुझेर सत्य–तथ्य आधिकारिक रुपमा बाहिर ल्याउने पर्नेमा आफै झुठा कुरा गरेर राजनीति गर्न काम राजदुतावासको होइन ।
भारतीय कर्मचारीतन्त्रका जब्बरताबारे धेरै किताबहरुमा चर्चा पढिएको थियो । तर आज भारतीय दुतावासको चालाबाला देखेर यो कुराको सत्यता हाम्रो सन्दर्भमा भोगिरहेका छौं । आज पनि भारतीय कर्मचारीतन्त्रमा अझै पनि बेलायती उपनिवेशकालीन कर्मचारीतन्त्रको जड बाँकी रहेको कुराको प्रमाण नेपालस्थित भारतीय दुतावास हो ।
सके भारतीय दुतावासको कर्मचारीतन्त्र काठमाण्डौमा अवतरण गर्दा आफूलाई ‘भायसरोय’ सम्झदाँ हुन् । त्यसैले उनीहरुको ध्याउन्ना नेपाली नेताहरु र जनतालाई आफ्नो तखतमा राख्ने होड र मनोवृतिमा लागेका हुन्छन् ।
यसप्रकार झुठको खेतीले कसैलाई अहित गर्ने होइन, बरु भारतकै छवि धमिल्याउने पक्का छ । सत्य–तथ्यको आधारमा घटनालाई प्रस्तुत गर्नुभन्दा राजनीति नियतले आफू अनुकूल वक्तव्यबाजी गर्नु भारतीय दुतावासको बद्मासी हो । बद्मासी कुटनीतिक मर्यादा होइन । इमान्दारिता र सत्यता नै कुटनीतिकको मूल्य हो । भारतीय दुतावास झुठा कुरा गरेर कुटनीतिक मर्यादाभन्दा बाहिर गएर अनैतिक काम गरिरहेको छ ।
Leave a Reply