भर्खरै :

इन्द्रायणी द्योछेँ पुनः निर्माणबारे स्थानीय भेला

भक्तपुर, २८ फागुन । भक्तपुर नगरपालिकाको सहयोगमा भक्तपुर नपा वडा नं २ खौमास्थित इन्द्रायणी द्योछें पुनःनिर्माणको लागि गठित उपभोक्ता समितिको आयोजनामा मङ्गलबार स्थानीय दाफा भजन तथा सरोकारवालाहरूको भेला खौमामा भयो ।
इन्द्रायणी द्योछेँ पुनः निर्माणलाई सहजताका साथ अगाडि बढाउन, सम्पूर्ण टोलवासीहरूको सहयोग जुटाउन र पुनः निर्माणबारे सबैलाई जानकारी दिने उद्देश्यले आयोजित उक्त भेलामा उपभोक्ता समितिका सल्लाहकार तथा पूर्ववडाध्यक्ष रवीन्द्र खर्बुजाले भक्तपुर नपाले कला संस्कृति जगेर्नामा महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो ।
इन्द्रायणी द्योछेँमा जनताबाट प्राप्त चन्दाको बाकस फुटाई पैसा चोरी भएको तर्फ हाम्रो ध्यान जानु आवश्यक छ, उहाँले भन्नुभयो ।
भनपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले भनपाले भक्तपुरवासीकै सल्लाहसुझावअनुसार कला संस्कृतिको संरक्षण र मठ मन्दिर पुनः निर्माण गरिरहेको उल्लेख गर्दै कला संस्कृतिको माया र विश्वासले नगरपालिकालाई हौसला मिलिरहेको धारणा राख्नुभयो ।
इन्द्रायणी द्योछेँ पुनः निर्माण उपभोक्ता समितिका अध्यक्ष विनोदचरण रायले हालसम्मको प्रगति तथा सहयोगको लागि दाताहरूले विभिन्न झ्याल थाम तथा आर्थिक सहयोग जुटिरहेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *