भर्खरै :

भेनेजुयलामा क्युवाली सेना भएको आरोपको खण्डन

हवाना, १२ मार्च । संरा अमेरिकाका वरिष्ठ अधिकारीहरूले क्युवाले भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोलाई उक्साइरहेको र भेनेजुयलामा २५ हजार क्युवाली सेना तैनाथ रहेको भन्ने भनाइको सोमबार क्युवाले खण्डन गरेको छ ।
“क्युवाले गहन रुपमा यो निर्लज्ज झूटको छानबिन गरिरहेको छ । भेनेजुयलामा क्युवाको कुनै पनि प्रकारको राजनीतिक दबाब रहेको भन्ने कुराको हामी पूर्णतः खारेज गर्छौं । भेनेजुयलासँग हाम्रो सम्बन्ध सम्मान र आपसी ऐक्यबद्धतामा आधारित छ ।” क्युवाली विदेश मन्त्रालयको वेभसाइटमा राखिएको सरकारको वक्तव्यमा लेखिएको छ ।
क्युवाले जनाएअनुसार भेनेजुयलामा हाल बीस हजारभन्दा बढी चिकित्सक र विभिन्न क्षेत्रका सल्लाहकारहरू क्रियाशील छन् । संरा अमेरिकाले माडुरोविरुद्ध ‘अबुद्धिमत्तापूर्ण’ युद्ध गरिरहेको भन्दै क्युवाले भेनेजुयलामा हालै भएको देशव्यापी विद्युत् आपूर्ति बन्द यसको उदाहरण भएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *