नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
वासिङ्टन, २ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धले सन् २०१८ मा अमेरिकी अर्थतन्त्र करिब सात अर्ब ८० करोड डलर खुम्चिएको अध्ययनले देखाएको छ ।
प्रतिष्ठित अमेरिकी विश्वविद्यालयका अर्थशास्त्रीहरूले गरेको एक अध्ययनले लक्षित मुलुकहरूबाट अमेरिकातर्फ भएको आयातमा ३१.५ प्रतिशतले कमी आएको उल्लेख गरिएको छ । अमेरिकी निर्यातमा पनि ११ प्रतिशतले कमी आएको छ । आयातमा भएको लागत वृद्धिले उपभोक्ता र उत्पादकलाई वार्षिक करिब ६९ अर्ब डलर नोक्सान भएको छ ।
आयात र निर्यातको गणनाबाट गत वर्ष कुल गार्हस्थ उत्पादन (जीडीपी) को शून्य दशमलव शून्य ४ प्रतिशत अर्थात् करिब ७ अर्ब ८० करोड डलर नोक्सान भएको अनुसन्धाताहरूले बताएका छन् ।
आर्थिक अनुसन्धान राष्ट्रिय ब्युरोले प्रकाशन गरेको अनुसन्धान प्रतिवेदनले राष्ट्रपति ट्रम्पले चीनसमेतका कतिपय मुलुकसँग रहेको व्यापार घाटा कम गर्न जस्तोसुकै कदम चाल्ने ट्रम्पको घोषणाले अमेरिकी र विश्व अर्थतन्त्र खुम्चिने देखिएको जनाएको छ ।
अमेरिकी म्यानुफ्याक्चरिङ क्षेत्रलाई बचाउ गर्ने नाममा राष्ट्रपति ट्रम्पले संरक्षणवादी व्यापार नीति अवलम्बन गरेको आरोप लाग्दै आएको छ । वासिङ्टन र पेइजिङबीच एक अर्का मुलुकका सामानमा करवृद्धि गरिएको भए पनि अन्ततः व्यापार विवाद सुल्झाउन हाल वार्ता जारी छ ।
अमेरिकाले चीनमात्र नभई युरोपेली युनियन र अरू प्रमुख व्यापारिक साझेदार मुलुकमाथि करवृद्धि गर्ने तथा आयात रोक्नेजस्तो कठोर कदम चालेको छ । “अमेरिकाकै रिपब्लिकन पार्टी विजयी भएकै राज्यहरूमा व्यापार युद्धले बढी असर पारेको छ,” अनुसन्धानमा देखिएको छ ।
Leave a Reply