भर्खरै :

भारत अघि सारेर चीन घेर्ने रणनीतिमा संरा अमेरिका

भक्तपुर, २ चैत । प्रगति युवा समाज ताथलीको आयोजनामा शनिबार समसामयिक विषयमा जानकारी दिने उद्देश्यले छलफल कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३ का सांसद सुरेन्द्रराज गोसाईले समाज विकासमा युवाहरुको भूमिका महत्वपूर्ण हुने भएकोले युवाहरु सक्रिय हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपाले देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने उद्देश्यले राजनीति गरिरहेको चर्चा गर्दै उहाँले नेमकिपाको विस्तार र विकासको लागि प्रगति युवा समाजका सदस्यहरुले आफूसँग भएको सीप र क्षमताअनुसार सहयोग गनुपर्नेमा जोड दिनुभयो ।
भारतीय विस्तारवादबाट नेपालको आन्तरिक मामिलामा हस्तक्षेप बढिरहेको चर्चा गर्दै सांसद गोसाईले भारतको निर्देशन र योजनाअनुसार नेकपा गठन भएको हुँदा नेकपाबाट देश र जनताको हितमा काम हुने आशा राख्नु दिवास्वप्नमात्र हुने बताउनुभयो ।
अन्तर्राष्ट्रिय राजनीतिबारे जानकारी दिँदै उहाँले भारतलाई अगाडि सारेर चीनलाई घेर्ने जाल संरा अमेरिकाले बुनिरहेको छ भन्नुभयो ।
सांसद गोसाईले भन्नुभयो, “विश्वमा बढ्दै गइरहेको चिनियाँ प्रभावलाई रोक्ने उद्देश्यले संरा अमेरिकाको पहलमा ‘बिम्स्टेक’ गठन भएको हो ।
कार्यक्रममा नेमकिपा चाँगुनारायण नगरपालिका वडा नं. ९ का अध्यक्ष नारायणभक्त न्हेमाफूकी, वडा नं. ९ का वडा अध्यक्ष गणेश त्यात, आयोजक समितिका अध्यक्ष रविन बासुकला, रवीन्द्र न्हेम्हाफुकी र रमेश न्हेम्हाफुकीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *